back
CTIZAN AD

युएईद्वारा कोभिड १९ को उपचारमा नयाँ पद्दतीको प्रयोग

वि.सं.२०७७ वैशाख ३० मंगलवार

870 

shares

कोरोना भाईरस (कोभिड–१९) को उपचारको लागि लागि यूएईले नयाँ उपचार पद्दतिलाई प्रयोग गरेको छ । यूएईले प्रयोगमा ल्याएको यो बिधी ‘स्टेम सेल थेरापी’ अन्तत फलदायी पनि बनेको यूएईबाट प्रकाशित हुने द नेसनल अनलाइन पत्रीकाले समाचारमा जनाएको छ ।

पहिलो पल्ट यो उपचार पद्दतिमार्फत उपचार गरिएका सोमालियाका नागरिक ‘अब्दुल्लाही रोधिल’ निको भएर घर फर्केका छन् । यसले औषधि बिज्ञानमा मात्र नभएर अहिलेको मानब जगतमा नयाँ आशा जगाएको  समाचारमा उल्लेख छ ।

यूएईमा रहेका सोमालियाका ५० बर्षीय नागरिक अब्दुल्लाही रोधिललाई मार्च ३० तारिकको दिन कोरोनाको संक्रमण देखिएको थियो । उनी पहिले देखि नै मुटुको रोगी भएकोले संक्रमण देखिएसँगै उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्यो । संक्रमणले उनको मृगौला र फोक्सोमा आक्रमण गर्‍यो । उनी २० दिन सम्म कोमामा रहे ।

जब जब रोधिलकी ५५ बर्षीय दिदी जैनाबले अस्पतालमा फोन गरेर डाक्टरलाई सोधिन, डाक्टर ‘भगवानसँग प्रार्थना गर्नुस’ मात्र भन्थे । विश्वमा मृत्‍युको सँख्या बढेसँगै परिवारले उनको पनि बाँच्ने आशा गुमायो ।

दिनहुँ आउने यस्ता समाचारहरुले गर्दा हामीले पनि रोधिल बाँचेर आउँछन् भन्ने आशा गुमायौँ, जैनाब भन्छिन, यति सम्म कि उनकी श्रीमतीले पनि अब ‘माइण्ड मेकअप’ गरिसकेकी थिईन् कि रोधिल अस्पतालबाट फर्केर आउने छैनन्, हामीसँग प्रार्थना गर्ने बाहेक अरु कुनै उपाय थिएन ।

यसैबिच अबुधाबी स्थित खालिफा मेडिकल सिटी अस्पतालका डाक्टरले ‘स्टेम सेल थेरापी’ उपचार पद्दति अपनाउनको लागि प्रस्ताब गरे । परिवारसँग अरु उपाय थिएन पनि, सहमती जनाए । ५० बर्षीय रोधिल नै पहिलो बिरामी बने जसलाई यो पद्दतिबाट उपचार गरियो ।
यस उपचार पद्दतिमा बिरामीबाट लिएको स्टेम सेललाई आईसोलेट गरी त्यसलाई सकृय बनाइ निबुलाइज्ड गरिन्छ र सिधै फोक्सोमा पठाइन्छ । उनी पश्चात अन्य ७२ जना बिरामीहरुलाई पनि यो थेरापी अपनाइयो । सबैजनालाई यसले राम्रो गरिरहेको छ ।
उनी कोमाबाट ब्युँझिए । उनी ४० दिन सम्म लगातार आईसियुमा रहे ।

‘मैले मेरो जीबन पाएँ । म त मरिसकेको थिएँ । धन्यवाद भगवान’, रोधिलले भने । जब उनी ब्युँझिए, उनले पहिलो फोन आफ्नै दिदीलाई गरे । ‘उनले आफ्नो मोबाइल मागे र मलाई कल गर्न लगाए, रातको १२ बजेको थियो, म त झसँग भएँ, हलचल गर्न सकिन’, दिदी जैनाबले भनिन् ।

रोधिलका १० जना छोराछोरी छन र सबै भन्दा सानो १ महिनाको मात्र भएको छ । उनिहरु सोमालियामा नै छन । यसरी रोधिलले कोरोनालाई जितेका छन् । उनले नयाँ जिवन प्राप्त गरे । उनी स्वस्थ भएर घर फर्के ।

यूएईले निकालेको यो थेरापी उपचारमा सफल भएको छ । र, यो उपचार पद्दति निःशुल्क हो ।

 

वि.सं.२०७७ वैशाख ३० मंगलवार १४:१३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...