back
CTIZAN AD

बढ्दो कोरोना, कहाँ चुक्यौ हामी अब के गर्ने ?

वि.सं.२०७७ वैशाख ३१ बुधवार

699 

shares

कोरोनालाई नहेपौ। कोरोनाको संख्या यसरी नै बढ्यो भने घर मै मर्नुको बिकल्प हुने छैन। भेन्टिलेटर होईन अस्पतालमा बेड पाईनेवाला छैन। अहिले बाच्नु र बचाउनु पहिलो प्राथमिकता हो। संवेदनशील, संयमित र दूरदर्शी होऔं।

आपद विपद नै नपरे सम्म नआत्तीने र ठूलो छाती भएका हामी गोर्खालीहरु हिजो कोरोना संक्रमित स्वाट्टै बढेर २१७ पुगेपछि बल्ल अली तर्सेका छौ । शुरुवाती देशहरुमा र लकडाउनको पचासौं दिन काटिसक्दा पनी हामीले निम्न गल्ती गरिरह्यौ ।

१) शुरुवाती दिनहरुमै हामी होशियार भएर अन्तराष्ट्रीय उडान बन्द गरी नाकाहरुमा कडाई गर्नु पर्ने बेला उल्टै भिजिट नेपाल २०२० को प्रचार गरिरह्यौ।

२) देशमा लकडाउन गर्यो तर भारतवाट जमातका जमात मानीसहरु र धार्मिक गुरु चेलाहरु नेपाल भित्रीने क्रम रोक्न सकेनौ।

३) पासहरु वितरण भए र कतिपय पेशाकर्मीहरुको परिचय पत्र नै पास बन्यो। पास या पास जस्तै परिचय पत्र हुने पेशाकर्मी काम होस नहोस लखर लखर बाहिर निस्केर भिड़ बढाउन थाले। २ दिन अघि त काठमाण्डौंमा कति ठाउँमा सवारी जामका तस्वीरहरु पत्रपत्रीकामा देखिए ।

४) बैकिङलाई अत्यावश्यक सेवा भन्दै शुरुमा अलीअली खोलियों भने पछि त कस्ले बढि शाखा खोलेर बढि कर्मचारी कार्यालय बोलाउने भन्ने होडबाजी नै चल्यो। ग्राहकको जरुरत भन्दा पनी बैंकहरुको घर मै राखेर कर्मचारीलाई तलब दिनु भन्दा कि जबरजस्ती बिदा लीन लगाउने की बोलाउने मानसिकता हावी भयो। औषधी लीन जाँदासम्म पुलीसले लठ्ठी हान्ने बेलामा ग्राहकलाई बैंकीङ सेवा लीन जान छुट थिएन, तर खै कसको लागी हो हामीले बैंकिङ खोल्यौ।

५) प्रभावित क्षेत्र मै पर्याप्त जाँच भएको छैन हामीहरु संक्रमित संख्या कम छ भनेर बढि ढुक्क भयौ र सोहि अनुसार लकडाउन बिस्तारै खुकुलो पारेर अघि बढ्ने निर्णयमा पुग्यौं।

६) भारतबाट आउने नाकामा कडाई गर्यों तर खुला सिमाका हजारौ चोर बाटोबाट हजारौं मानीस नेपाल लुकिछिपी प्रवेश गरेको न रेकर्ड न जानकारी रह्यो।

७) शहर तिर अली साबधानी र कडाई भएपनी बाहिर तीर एकदम लापरवाही भएको छ चाहे सुरक्षा अपनाउने कुरामा होस या मान्छेहरु अनाबश्यक भेट्ने कुरामा होस।

८) लकडाउन जनसाधारणलाई भयो तर अलीकति मात्रै राजनैतिक या प्रशासनिक सम्बन्ध भएका राजनैतिक या धार्मिक नेता वा उनका आसेपासेहरु भारत भरी घुमेर पनी नेपाल पुरै घुम्न भ्याए।

९) पत्रकार, प्रदर्शनकारी तथा बैंकरहरु कोरोनाप्रूफ छन जस्तै उचित सावधानी बिना आ–आफ्नो काममा जुटे। यसको असर अझै देखिन बांकी नै छ।

१०) सरकारको ध्यान पुर्णत कोरोना नियन्त्रण भन्दा अध्यादेश बनाउने र खारिज गर्ने, सरकार परिवर्तन गर्ने र बचाउने, डाक्टरको सरुवा गर्ने, सांसदहरुको हस्ताक्षर संकलन गर्ने अनी अनावश्यक काममा बढि गयो। प्रभावित ठांउमा टेस्ट किट छैन, कुनै लक्षण देखिएको सबै सांसदको PCR बिधी मै परिक्षण गरी किट सकियो। लडकाउन बाहेक सरकारको कुनै जिम्मेवारी छैन जस्तो देखियो। ब्रह्राश्त्र नै लकडाउन घोषणा मानीयो। हामी नागरिकको चेतनाको त कुरा गर्नु परेन।

यसरी एउटा मान्छे नी मरेको छैन। जावो रुघाखोकी त हो भनेर हामीले कोरोनाले हेप्यौ कति जनाले । संक्रमित बढ्दै छन र कति संक्रमित त संक्रमण छ भन्ने थाहा नपाई अरुलाई सार्दै हिडिरहेका छन। हामीलाई हाम्रो स्वास्थ्य सेवाको सीमा र भोली यसै गरी संक्रमित बढेमा बाटो मै ज्यान जान्छ थाहा छ तर पनी संवेदनशीलतामा कमी भयो। रोजनामा कमी भयो।
अब निम्न काम गरौं:

१) प्रभावित जिल्ला र स्थान बिशेषलाई पुरै सिल गरौ। बढि प्रभावित स्थानको सबै स्वास्थ्य स्थीतीलाई चेक जाँचलाई कुनै बिलम्ब नगरी रातारात बढाऔं।

२) भारतले नेपालीहरु फर्कीन खोजेमा लुखुर लुखुर छोड्ने अबस्था छ। उनीहरुलाई चोर बाटो छिरेर गांउ गांउमा संक्रमण फैलाउन दिनु भन्दा आधिकारिक डाटा राखि सिमा क्षेत्र कै होटल, स्कुल, पार्टि प्यालेसलाई क्वारेन्टाईन बनाऔं। क्वारेटाईनको शर्तहरु कडाई बनाउन र उल्लंघन गर्नेलाई जेलकै ब्यबस्था गरौं।

३) अत्यावश्यक सेवा को नाममा धेरै संघ संस्था खोल्ने काम बन्द गरौं। जीविकोपार्जनका लागी चाहिने न्युनतम सेवा दिने संस्था, स्वास्थ उपचार गर्ने र हिडडुल गर्ने पर्ने वाहेकलाई आवतजावत बन्द गरौ। यस्तै आवश्यक संस्था का कर्मचारी पनी आवश्यक परेमा बोलाईने शर्तमा घर मै राखौं।

४) कम्प्युटरबाटै, फोनबाटै सम्पन्न हुन सक्ने र अनलाइन मिटिङबाटै सम्पन्न हुन सक्ने कामको लागी पनी लखर लखर गर्दै आउ भनेर अफीस मै बोलाउने प्रवृति बन्द गरौं।

५) भारतमा बढ्दो संक्रमण हामीलाई सबैभन्दा बढि खतरा हो। बढि प्रभावित क्षेत्रका नाका र चोर बाटोहरुमा कडाई गरौं।

६) अत्यावश्यक काम पारेर निस्किनै पर्ने अबस्था बाहेक बाहिर ननिस्किउ।

७) कोरोना राहतको नाममा जहां पारो त्यही जाने गरी कुनै कोष र संस्थाको पैसा बितरण गर्ने गरी राज्य र नियामकले निर्दैशन नदेओस। जती हुनसक्छ रकम एउटा कोषमा राखौं, पहिला स्वास्थ र गासबासको लागी जोहो गरिने रकम अनुमानीत छुट्याई, प्रभावित व्यक्ति र प्रभावित क्षेत्रको सहि तथ्याङ्क संकलन गरी बचाउने कुरालाई प्राथमिकतामा राखी राहत नगद मै दिंउ।

८) प्रभावित क्षेत्र या स्थानमा भेटघाट गरी प्रभाव नभएको ठांउमा आउने नागरिकले स्थानीय निकायमा अनिवार्य सूचीकरण गराउनु पर्ने र स्व क्वारेन्टाईनमा बस्नु पर्ने । यतीमात्र साबधानी नअपनाएर कोरोना संक्रमणको कारक बन्ने नागरिकलाई अपराध कायम गरी सजाय घोषणा गरौं। यति नगरे सम्म हामी यस्तै त हो नी।

९) स्वास्थ मन्त्रालयले स्वास्थ्य सम्बन्धी उपकरणहरु, टेस्ट किन र अन्य ब्यबस्थाको सही तथ्याङ्क राखी सार्वजनिक पनी गरोस।

१०) एकले अर्कोको जिम्मेवारी देखाउदै पन्छिने र गाली गर्ने होईन। हरेक परिवार र हरेक नागरिक जिम्मेवार होऔं।

कोरोनालाई नहेपौ। कोरोनाको संख्या यसरी नै बढ्यो भने घर मै मर्नु को बिकल्प हुने छैन। भेन्टिलेटर होईन अस्पतालमा बेड पाईनेवाला छैन। अहिले बाच्नु र बचाउनु पहिलो प्राथमिकता हो। संवेदनशील, संयमित र दूरदर्शी होऔं।

जय होस, शुभ होस !!

(ज्ञवाली ज्योति विकास बैंकका निवर्तमान सिइओ हुन् । )

वि.सं.२०७७ वैशाख ३१ बुधवार ११:३६ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...