back
CTIZAN AD

कतार सरकारद्वारा मास्क अनिवार्य, नियम पालना नगरे दुई लाख कतारी रियालसम्म जरिवाना

वि.सं.२०७७ जेठ १ बिहीवार

804 

shares

१४ मे । कतार सरकारले विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीको रोकथामका लागिआउदो आइतबार अर्थात १७ मे सन २०२० बाट मास्क अनिवार्य गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको निर्णय बमोजिम अब आउदो आइतबार अर्थात १७ मे सन २०२० बाट कतारमा त्यहाँका नागरिक एवं त्यहाँ बसोबास गर्ने सम्पुर्ण माथी मास्कको प्रयोगलाई अनिवार्य गरिएको जानकारी कतारबाट कतारमा कार्यरत मानवअधिकारकर्मी तथा समाजसेवी प्रोफेसर मोहम्मद रमजान अलि मियाले दिएका छन् ।

कतार सरकारले ल्याएको यो नयाँ नियम अनुसार आफ्नो क्याम्प अथवा निवासबाट कुनै पनि उद्देश्यसहित बाहिर निस्कदा मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्नेछ। तर एकल रुपमा सवारी साधन चलाउदा भने यो अनिवार्य नरहेको बताइएको छ ।

यस नियमको उलंघन गरेको पाइएमा सन् १९९० को कानुन नम्बर १७ बमोजिम सरुवा रोग निवारण तथा रोकथाम सम्बन्धिको नियमनुसार कार्वाही हुने बताइएको छ। यो सजाय भनेको ३ बर्ष सम्म कैद सजाय र अधिक्तम दुई लाख कतारी रियालसम्म जरिवाना हुने गरि हुनेछ। अथवा दुई सजाय मध्ये एक सजाय हुने कानुनी प्रावधान रहेको छ।

प्रोफेसर मियाले कतार सरकारले ल्याएको उक्त नियमको कडाइका साथ पालना गर्ने कतारमा रहेका नेपाली समाजका सम्पुर्णमा अनुरोध गर्दै भन्छन् ‘कानुनको रक्षा गर्नुहोस कानुनले तपाईंको सुरक्षा गर्नेछ।’

वि.सं.२०७७ जेठ १ बिहीवार ०७:४४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...