back
CTIZAN AD

फोटो पत्रकारद्धारा मुगुका अपाङ्ग तथा असाहयलाई राहत सहयोग

वि.सं.२०७७ जेठ १ बिहीवार

1K 

shares

१ जेठ, मुगु । धन कमाउन बिदेशतिर गएका एक फोटो पत्रकारले मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका ५६ जना गरिव,अपाङ्ग असहाय ब्यक्तिलाई राहत सहयोग गरेका छन् ।

नाइजेरियामा रहेका हिस्टोरिज अफ नेपालका फोटो पत्रकार जयदेब पौडेलले लकडाउनको अबस्थामा बिहान बेलुका छाक टार्न कठिन भएका अपाङ्ग, असहाय तथा एकल महिलालाई जीवन निर्बाह गर्न मुश्किल नहोस् भन्ने हेतुले खाद्यबस्तु उपलब्ध गराएका छन् ।

नगरपालिकाको वडा नं १ देखि १४ सम्मका अपाङ्ग एकल महिला असहाय गरि करिव ५६ जनालाई १५ किलो चामल, ४ किलो दाल, एक लिटर तेल, ३ वटा नुहाउने सावुन र १ केजी नुन उपलब्ध गराएका हुन् ।

पत्रकार पौडेलले नेपाल पत्रकार महासंघ मुगु शाखासँग समन्वय सहकार्य गरी नाइजेरियाबाट रकम उपलब्ध गराएर महासंघले जिल्लामै खाद्य बस्तु खरिद गरि महासंघकै पदाधिकारी प्रत्येक गाउँमा पुगेर राहत बितरण गरेका छन् ।

उक्त राहत बितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, कान्तिपुर दैनिकका उपसंपादक राजबहादुर शाही, अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता जीवन सेजुवाल, न्यूज २४ का संवाददाता दान बहादुर बुढा र हिरिस्डेक संस्थाका कार्यकारी निर्देशक मिन बहादुर रावल लगायत टोली खटिएको थियो ।

लकडाउनले उकुस-मुकुस भइरहेको अबस्थामा दैलोमै बिपन्न ब्यक्तिले राहत पाउदा हर्षित भएका छन् । लकडाउनले पेट पाल्न मुश्किल भएको बताउँदै नगरपालिका-५ कि अपाङ्गता भएकी नानीभाउ कामीले भनिन्,’ राहत पाउदा धेरै खुशीलाग्यो ।’

पौडेलले १ लाख ७ हजार ८ सय बराबरको खाद्यान्न मुगुका अपाङ्ग, असाहय र एकल महिलालाई सहयोग गरेको राहत बितरणमा सहभागी संचारकर्मी जीवन सेजुवालले बताए ।

नगरपालिकाभित्रका वडाअध्यक्षले गरेको सिफारिसका आधारमा राहत बाड्ने काम गरिएको हो ।
लामो समयदेखिको लकडाउनले गर्दा छाक टार्न मुश्किल भएका गरिव परिवारलाई फोटो पत्रकार पौडेलको राहतले गर्दा सहज भएको नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए ।

आगामी दिनहरुमा पनि पौडेलले मुगुका गरिव असाहय परिवारलाई सहयोग तथा बिकास निर्माण सहयोगको थप अपेक्षा गरिएको उनको भनाई छ । सोही राहत बितरण कार्यक्रममा नगरपालिका वडाअध्यक्षहरुले पनि सहभागीता जनाएका थिए ।

वि.सं.२०७७ जेठ १ बिहीवार ०९:३७ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...