back
CTIZAN AD

६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएपछि टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरियो

वि.सं.२०७७ जेठ १ बिहीवार

834 

shares

१ जेठ, काठमाण्डौं । आज विहान कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि महाराजगन्जको टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरिएको छ ।

टाउकोमा  देखिएको समस्याले टिचिङ अस्पताल महाराजगन्जमा बैशाख २९ गतेदेखि भर्ना भएर उपचार गराइरहेको श्रोतले बताएको छ ।

ती बालिकामा कोरोना संक्रमण भएकोे पुष्टि विहिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

ती बालिकाको मंगलबार स्वाव संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा विहिबार बिहान संक्रमण भएको पुष्टि भएको हो । बालिकामा कोरोना संक्रमण देखिएपछि अहिले टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरिएको छ । त्यहाँ झण्डै ३४ वटा बेड रहेका छन् ।

आज बिहान बालिकामा संक्रमण पुष्टि भएपछि उनलाई टिचिङकै कोरोना विशेष आइसोलेन वार्डमा सारिएको छ । बालिका उपचारका लागि परिवारसँगै आएकी थिइन् ।

थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २५० पुग्यो

वि.सं.२०७७ जेठ १ बिहीवार १०:३३ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...