back
CTIZAN AD

लिपुलेकमा सेनाकै ब्यारेक राख्नु पर्नेमा नेकपा नेताको जोड

वि.सं.२०७७ जेठ १ बिहीवार

1.2K 

shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता सुदिप कुँवरले नेपाल सरकारले लिपुलेकमा सेनाकै ब्यारेक राख्नुपर्नेमा जोड दिएका छन् । भारतले हाम्रो सिमा मिचेर सैनिक क्याम्प राखेको ठाउँमा हाम्रो पनि सेनाको क्याम्प राख्नु पर्नेमा उनले जोड दिएका हुन् ।

नेपाल भारतबीचको सिमा सम्बन्धी विवाद समाधानका लागि ३ बुँदा सुझाएका उनले कुटनैतिक ढङ्गबाट समस्या हल गर्न आवश्यक पहल कदमि लिने र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जाने स्पष्ट योजना बनाउनु पर्ने बताएका छन् ।

उनी भन्छन् :

“नेपाल सुगौली सन्धि पश्चात् पहिलो पटक औपचारिक रूपमा वैदेशिक हस्तक्षेपको सामना गर्नुपर्यो। त्यसपश्चात् भएका अनेक असमान सन्धिद्वारा आज हामी भारतको ठूलो सिमा अतिक्रमवाट उत्पीडनमा पर्दै आएका छौ । यसको पछिल्लो उदाहरण हो लिपुलेक, कालापानी र लिम्पियाधुरा सिमा विवाद । आज हामी चुनौती विचमा मात्रै छैनौं । लामो र इतिहास देखि थाती रहेका सिमा समस्यालाई व्यवस्थापन गरि भारतिय सिमा अतिक्रमणबाट नेपाल र नेपाली जनतालाई मुक्ति दिने महत्त्वपूर्ण अवसर पनि सँगै प्राप्त छ। त्यसकारण राष्ट्रिय सहमतिसहित सरकारले महत्त्वपूर्ण ढङ्गबाट पहल कदमि लिन जरुरी छ।
– पहिलो कुरा भारत सगँ जोडिएको सवै सिमालाई तारवार, वालद्वारा व्यवस्थापन गर्न सरकारले ठोस योजना बनाउनु पर्छ।
– दोस्रो कुरा जहाँ भारतले हाम्रो सिमा मिचेर सैनिक क्याम्प राखेको छ त्यहाँ हाम्रो पनि सेनाको क्याम्प राख्नु पर्दछ, जसले भारतलाई निकै ठूलो दवाव सिर्जना गर्नेछ ।
– तेस्रो कुरा कुटनैतिक ढङ्गबाट समस्या हल गर्न आवश्यक पहल कदमि लिने र आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म जाने स्पष्ट योजना बनाउनु पर्दछ ।

यी तीन वटै योजनालाई एक अर्कोसँग अन्तर सम्वन्धित बनाएर अगाडि बढनु पर्द्छ। एउटा मोर्चा कमजोर भयो भने पनि संघर्षको समग्र योजना कमजोर बन्छ। जसको कारण हामीले हाम्रो उद्देश्यलाई पूरा गर्न सक्दैनौं । त्यसकारण सिमा समस्यालाई व्यवस्थापन गर्ने पुरानो र परम्परावादी योजना कायशैलिलाई गम्भीरतापूर्वक सच्चाउन जरुरी छ। यदि कुटनैतिक ढङ्गबाट मात्र समस्याको हल हुन्छ भन्ने राष्ट्रिय आत्मसमर्पणवादी सोचवाट माथि उठन सकेनौं भने इतिहासको पुनरावृत्ति बाहेक अरु केही हुने वाला छैन। विगतमा हामीले कुटनैतिक ढङ्गबाट मात्र समस्या हल गर्न खोज्दा भारतले हामीलाई निकै कमजोर ढङ्गबाट बुझेर एक पछि अर्को उत्पीडन गर्दै आएको उदाहरण प्रशस्त नै छ । त्यस कारण विगतका कमजोरी सच्चाउ र दृढतापूर्वक अगाडि बढाऔँ।”

वि.सं.२०७७ जेठ १ बिहीवार १०:३३ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...