back
CTIZAN AD

नक्सा सार्वजनिक गरिहाल्न संविधानविद् आचार्यको सुझाव

वि.सं.२०७७ जेठ ६ मंगलवार

984 

shares

फेरी पनि मुलुकको हित बिरूद्ध प्रयोग भएकाहरुले संविधान संशोधन बिना नक्सा सार्वजनिक गर्न मिल्दैन भन्ने सल्लाह दिन सक्छन, जुन गलत हो । देशको नक्सा सार्वजनिक गर्न संविधान कहिँकतै वाधक छैन ।

६ जेठ, काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले बिना कुनै ढिला सुस्ती नेपालको नयाँ नक्सा सार्वजनिक गरिहाल्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारले देशको नक्सा सार्वजनिक गर्ने निर्णय गरेकोमा धन्यवाद व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बिना कुनै ढिला सुस्ती नक्सा सार्वजनिक गरिहाल्न सरकारलाई सुझाव दिएका हुन् ।

मन्त्रीपरिषदबाट निर्णय चाहिँ गर्ने तर अरू बाहना देखाएर सार्वजनिक नगर्ने काम समेत हुनसक्ने हो की भन्ने आशंकासमेत गर्दै उनी भन्छन् ‘मन्त्रीपरिषदबाट निर्णय चाहिँ गर्ने तर अरू बाहना देखाएर सार्वजनिक नगर्ने काम यदि गरियो भने यो पनि उतैको ईशारामा सञ्चालित चाल रहेछ भनेर बुझ्नु पर्ने हुन्छ ।’ उनी नेताहरुलाई सावधान गराउँदै भन्छन् ‘त्यसो हुन गएमा हाम्रा नेताहरुलाई विश्वास गर्ने कुनै चीज बाँकि रहने छैन । बिना कुनै ढिला सुस्ती नक्सा सार्वजनिक गरौ सरकार !’

उनले मुलुकको हित विरूद्ध प्रयोग भएकाहरुले संविधान संशोधन बिना नक्सा सार्वजनिक गर्न मिल्दैन भन्ने सल्लाह दिन सक्ने तर्फसमेत सरकारलाई सचेत गराउँदै देशको नक्सा सार्वजनिक गर्न संविधान कहिँकतै बाधक नहुने उनी बताउँछन् । निशाना छाप र अन्य कुराहरुलाई उपयुक्त समयमा मिलाउँदै गर्दा पनि हुने उनको सरकारलाई सुझाव छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :
“ देशको नक्सा सार्वजनिक गर्ने निर्णयका लागि सरकारलाई हृदय देखि नै धन्यवाद । यो कुनै रङ र पहिचान नै नभएको कुनै लुरे झुत्रे देश होइन । संसार कै आठरदश ओटा प्राचीन सभ्यता र इतिहास बोकेका देशहरुको गणना भित्र पर्ने मुलुक हो नेपाल । यसको हामीले सधैं हेक्का राख्न सक्नु पर्दछ । तर, फेरी पनि मुलुकको हित बिरूद्ध प्रयोग भएकाहरुले संविधान संशोधन बिना नक्सा सार्वजनिक गर्न मिल्दैन भन्ने सल्लाह दिन सक्छन, जुन गलत हो । देशको नक्सा सार्वजनिक गर्न संविधान कहिँकतै वाधक छैन । निशाना छाप र अन्य कुराहरुलाई उपयुक्त समयमा मिलाउँदै गर्दा हुन्छ । मन्त्रीपरिषदबाट निर्णय चाहिँ गर्ने तर अरू बाहना देखाएर सार्वजनिक नगर्ने काम यदि गरियो भने यो पनि उतैको ईशारामा सञ्चालित चाल रहेछ भनेर बुझ्नु पर्ने हुन्छ । त्यसो हुन गएमा हाम्रा नेताहरुलाई विश्वास गर्ने कुनै चीज बाँकि रहने छैन । बिना कुनै ढिला सुस्ती नक्सा सार्वजनिक गरौ सरकार !”

वि.सं.२०७७ जेठ ६ मंगलवार १०:२५ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...