back
CTIZAN AD

किस्पाङले खोज्यो कोरोना संकटका बेला विदेशमा रहेका आफ्ना नागरिकलाई

वि.सं.२०७७ जेठ ९ शुक्रवार

855 

shares

९ जेठ, बेत्रावती नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले विदेशमा रहेका आफ्ना नागरिकको लगत सङ्कलन शुरु गरेको छ ।
यहाँका सबै स्थानीय तहले आफ्नो पालिकाबाट विदेशमा गएका नागरिकको लगत सङ्कलन तथा तथ्याङ्क लिने अभियानअन्तर्गत किस्पाङले पनि विभिन्न उद्देश्यले विदेशमा रहेका पालिकावासीको जानकारी सङ्कलन गर्न शुरु गरेको गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम बढिरहेको समयमा आफ्ना नागरिक कुन राष्ट्रमा, कुन अवस्थामा रहेको छ भनेर सूचना सङ्कलन गर्न तथा आगामी दिनमा उनीहरुका लागि स्थानीय सरकार एवं राज्यले सम्बोधन गर्नसक्ने नीति तथा कार्यक्रमको पूर्वतयारी गर्न विदेशमा रहेका व्यक्तिको लगत सङ्कलन थालिएको हो ।

वडा कार्यलयमार्फत शुरु गरिएको लगत सङ्कलनमा घरपरिवारका सदस्यमार्फत तोकिएको ढाँचामा विवरण उपलब्ध गराउन आग्रह गरिएको छ भने विदेशमा भएका व्यक्तिले गाउँपालिकाको वेभसाइडमा तयारी गरिएको प्रश्नावली भरेर सूचना दिनसक्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाको समन्वयमा वडा कार्यालयमार्फत थालिएको लगत सङ्कलनमार्फत विदेशमा रहेका व्यक्तिको अवस्था, कोरोना भाइरस सङ्क्रमणले पु¥याएको असर, स्वदेश फर्कन तथा आफ्नै गाउँमा बसेर उद्यम गर्न बनाएको योजनालगायतको तथ्य खोजिने भएको छ ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार १६:१७ मा प्रकाशित

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...