back
CTIZAN AD

एउटै गाउँपालिकामा ११३ संक्रमित, सिल गरिए पनि रोकिएन संक्रमण

वि.सं.२०७७ जेठ १० शनिवार

717 

shares

१० जेठ, राँझा । नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको नमूनाको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा आज कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

एनका अनुसार नरैनापुरको मदरसा क्वारेन्टिनमा रहेका ६, नरैनापुर–३ को नेराप्रावि क्वारेन्टिनमा बसेका १५ र नरैनापुर–१ को नेराप्रावि क्वारेन्टिनमा बसेका ६ गरी २७ जनामा आज कोरोना पुष्टि भएको छ । यससहित नरैनापुरमा मात्रै ११३ जनामा कोरोना देखिएको छ । त्यहाँ एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतीय सीमासँग जोडिएको नरैनापुरमा पहिलो पटक भारतबाट आएका आठ जनामा यही जेठ २ गते कोरोना सङ्क्रमण देखिएको नरैनापुरमा एक हप्ताभित्र एक जनाको ज्यान जाने गरी सङ्क्रमितको सङ्ख्या ८७ पुगेको थियो । आज १७ जना थप भएको छ ।

ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि जेठ ५ गतेदेखि नरैनापुर गाउँपालिकालाई पूर्णरुपमा सिल गरी सतर्कता अपनाइएको छ तर सङ्क्रमण रोकिएको छैन । यससँगै जिल्लामा १४२ जनामा कोरोना संक्रमण भएको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

नरैनापुरमा लापार्वाहीले सङ्क्रमण बढ्दो
नरैनापुरमा स्थानीयवासीको लापर्वाहीले कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितलाई आइसोलेशन अस्पताल ल्याउनमा रोक लगाउँदा तथा क्वारेन्टिनमा अनावश्यक रुपमा हुलहुज्जत गर्दा समुदायस्तरमै कोरोना सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । कोरोना भाइरससम्बन्धी समुदायस्तरमा गलत बुझाइ र पछिल्लो समयमा सङ्क्रमित आइसोलेशनमा बस्न अटेरी गर्दा सङ्क्रमणको जोखिम झन् बढ्दो छ । नरैनापुरका सङ्क्रमितको अटेरीका कारण उनीहरुलाई समयमै आइसोलेशनमा ल्याउन समस्या हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शुक्रबार पुष्टि भएका नरैनापुर ३ का सङ्क्रमितले आइसोलेशन कक्षमा आउन नमान्दा शुक्रबार राति १२ बजे १२ जनालाई लिइएको छ भने क्वारेन्टिनबाटै फरार एक जनालाई आज मात्रै फेला पारेर ल्याउन सकिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहँदा नरैनापुरका सङ्क्रमित र स्थानीयवासीले सहयोग नगरेको उहाँको भनाइ छ । नरैनापुरमा मात्रै शनिबार ८७ जना सङ्क्रमित पुगेका छन् ।

नरैनापुरका बासिन्दा तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव शिक्षा, स्वास्थ्य र सचेतनाको कमीका कारण नरैनापुरमा कोरोना सङ्क्रमण बढ्दै गएको बताउछन् । बाँकेका प्रहरी उपरीक्षक वीरबहाद्र वलीले स्थानीयवासी र अन्य सरोकार पक्षले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक कठिन परिस्थिति आउने गरे पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताए । बाँकेमा सङ्क्रमितको सङ्ख्या ११६ पुगेको छ ।

सङ्क्रमितलाई तीन ठाउँमा व्यवस्थापन
बाँकेमा एकैपटक ठूलो सङ्ख्यामा देखिएका कोरोना सङ्क्रमितलाई जिल्लाका तीन स्थानमा व्यवस्थापन गरिएको छ । संक्रमितलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा मात्र आइसोलेशन अस्पताल रहेकाले नेपालगञ्जको लायन्स डेण्टल अस्पताल र कोहलपुरको पिपरीस्थित कृषि विकास तालिम केन्द्रमा थप दुई आइसोलेशन केन्द्र तयार गरी सङ्क्रमितको व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि नरैनापुरमा फेला परेका आठ जनालाई दाङको बेलझुुण्डीस्थित आइसोलेशन अस्पतालमा राखिएको छ । बिरामी भएकालाई आइसोलेशन अस्पताल र बिरामी नभएकालाई आइसोलेशन केन्द्रमा राख्ने नीतिका साथ सङ्क्रमितलाई नेपालगञ्ज, कोहलपुर र खजुरामा स्थानान्तरण गरी व्यवस्थापन गरिएको फोकलपर्शन श्रेष्ठले जानकारी दिए । धेरै अट्ने आइसोलेशन अस्पताल नभएका कारण सङ्क्रमितलाई तीन ठाउँमा स्थानान्तरण गरी उपचार सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ ।

स्थानान्तरणका क्रममा नरैनपुरमा र कोहलपुरमा स्थानीयवासीले विरोध गरेका कारण केही समय ढिलाइ भए पनि सङ्क्रमितलाई आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिएको र सबैको स्वास्थ्यावस्था सामान्य रहेको श्रेष्ठले बताए ।रासस

वि.सं.२०७७ जेठ १० शनिवार २१:१२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...