back
CTIZAN AD

 नेपालमा हालसम्म झण्डै ४६ हजार पिसीआर परीक्षण, ५८४ जनामा कोरोना संक्रमण, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ जेठ १० शनिवार

780 

shares

१० जेठ, काठमाण्डौं । नेपालमा शनिबार (१० जेठ सम्म) र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख ३२ हजार १९२ कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षण संख्या ७,६१३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म ४५ हजार ९५७ पिसीआर परीक्षण र ८६ हजार २३५ आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा १०,१६९, प्रदेश नं २ मा ६३०८, बाग्मती प्रदेशमा २१,७१२ गण्डकी प्रदेशमा ७,७०१ प्रदेश नं ५ मा ११,४८९, कर्णाली प्रदेशमा ९०३९ र सुदूरपश्चिम प्रदेशमा १९,८१७८ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १४६१ प्रदेश नं २ मा ६,९१० बाग्मती प्रदेशमा ५३५, गण्डकी प्रदेशमा ७७९, प्रदेश नं ५ मा १७,१३०, कर्णाली प्रदेशमा १,६७० र सुदूरपश्चिम प्रदेशमा ४१०२ जना रहेको स्वास्थ्य मन्त्रालयको शनिबार (जेठ १० गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेशनमा ५०८ र रेडजोनमा ४४३ जना
हालसम्म आइसोलेसनमा रहनेको संख्या ५०८ पुगेको छ । स्वास्थ्थ मन्त्रालयका अनुसार प्रदेश १ मा ६०, प्रदेश २ मा १६६, बाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा २४७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ९ गरी जम्मा ५०८ रहेका छन् ।
त्यस्तै रेडजोनमा ४४३ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा थपिएका ४ जनामा काठमाण्डौं, रुपन्देही, बर्दिया र झापाका रहेका छन् ।

हालसम्म निको हुने ७० जना
नेपालमा कोरोना संक्रमित ५८४ मध्ये हालसम्म निको हुनेको संख्या ७० पुगेको छ । जसमा प्रदेश १ मा २६, प्रदेश २ मा ६, बाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा २२ र सुदूरपश्चिम प्रदेशमा ५ गरी जम्मा ७० जना डिस्चार्ज भएका हुन् ।

कुन प्रदेशमा कति संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सातै प्रदेशका ४० जिल्लामा आजसम्म संक्रमित व्यक्ति भेटिएका मध्ये प्रदेश १ मा ८८, प्रदेश २ मा १७२, बाग्मती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २७१, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १४ जना संक्रमित भेटिएका छन् । हालसम्म संक्रमित भेटिएका जिल्ला ४० पुगेको छ ।

३६ जना नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

आजमात्रै संक्रमित थपिए, संक्रमितको संख्या ५८४ पुग्यो
नेपालमा आजमात्रै ६८ जना नयाँ संक्रमित भेटिएका छन् । आज पछिल्लोपटक संक्रमित भेटिएका ३६ जनामा सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण भेटिएको छ । उनीहरुको उमेर संख्या २०,२० २२ र २७ रहेको छ ।

त्यसैगरी कोशी अन्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका ३३ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बाँकेमा गरिएको परीक्षणमा बाँके नरैनापुर मद्रासाका ६ जना रहेका छन् । उनीहरुको उमेर समुह १७ देखि ३२ रहेको छ ।

त्यसैगरी नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १५ जना पुरुषम रहेका छन् । उनीहरुको उमेर समुह १६ देखि ३२ वर्षका पुरुष रहेका छन् ।

नरैनारापुरक १ राष्ट्रिय प्रावि महातनियाका ६ जना पुरुषमा संक्रमण भेटिएको छ । उनीहरु २२ देखि ५० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै बर्दियाको बडैयाताल ७ का एक १९ वर्षीय युवा र सुर्खेतका ३ जनामा संक्रमित भेटिएका छन् । उनीहरु २ पुरुष र १ महिला रहेका छन् । उनीहरुको विवरण पछि आउने पनि बताइएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

काठमाण्डौंका १ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

त्यस्तै बिहान पुष्टि भएका ३२ जनामा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७,१९,२२,२९,३५,४०,४२ वर्षीय पुरुष र २७ वर्षीया महिला रहेका छन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण गरिएको थियो ।

त्यसैगरी सर्लाहीको गडौता कविलासी नगरपालिकाका १८,२०,२०,२०,२१,२२,२३,२६,२६,२८,३३,३५,३५ पुरुष र बारा करैयामाइ गाउँपालिकाका ३७ वर्षीया महिला रहेकी छन् ।

त्यसैगरी काठमाण्डौंका ३५ वर्षीय पुरुष र प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका २०,२०,२४,२४,२७,३०,३० र ५५ वर्षीय पुरुष रहेका छन् । साथै भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौंको ग्राण्डि र मनमोहन कार्डियोमा एक\एक जनामा कोरोना संक्रमण भएको पुष्टि
धापासीस्थित ग्राण्डि अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौं गोकणेश्वरका बासिन्दा उनी अस्पतालको कर्मचारी भएको बताइएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि ग्राण्डि अस्पताललाई सिल गरेर उनीसँग सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको बताइएको छ ।

त्यसैगरी महाराजगन्जको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पनि उपचारका लागि आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केहिदिन अघि श्वास प्रस्वासमा समस्या भएर आएकी उनी मकवानपुर हेटौडाकी महिला हुन् ।
उनलाई श्वास प्रस्वासमा समस्या देखिएपछि हेटौडा अस्पतालले केहीदिन अघि मनमोहनमा कार्डियो थोरासिकमा रेफर गरेको थियो ।

मृत्यु हुनेको संख्या ३
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । जसमा जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

त्यस्तै जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको छ भने गुल्मीका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा जेठ ७ गते उपचारका क्रममा मृत्यु भएको हो ।

जेठ ९ सम्म नेपालको कोरोना अपडेटः ४२ हजार बढी पिसीआर परीक्षण, संक्रमित ५०७, आइसोलेशनमा ४३३ र रेडजोनमा ४३९ जना

वि.सं.२०७७ जेठ १० शनिवार १७:४६ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...