back
CTIZAN AD

३६ जना नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो

वि.सं.२०७७ जेठ १० शनिवार

921 

shares

१० जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो पटक थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमित भेटिएकामा सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण भेटिएको छ । उनीहरुको उमेर संख्या २०,२० २२ र २७ रहेको छ ।

त्यसैगरी कोशी अन्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका डिल्लीराज माविको क्वामरेन्टाइनमा बसेका ३३ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बाँकेमा गरिएको परीक्षणमा बाँके नरैनापुर मद्रासा बाँकेमा ६ जना रहेका छन् । उनीहरुको उमेर समुह १७ देखि ३२ रहेको छ ।

त्यसैगरी नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १५ जना पुरुषमा पोजेटिभ देखिएको छ । उनीहरुको उमेर समुह १६ देखि ३२ वर्षका पुरुष रहेका छन् ।

नरैनापुर १ राष्ट्रिय प्रावि महाकनियाका ६ जना पुरुषमा संक्रमण भेटिएको छ । उनीहरु २२ देखि ५० वर्षीय पुरुष रहेका छन् ।

बर्दियाको बडैयाताल ७ का एक १९ वर्षीय युवा र सुर्खेतमा ३ जनामा संक्रमित भेटिएका छन् । उनीहरु २ पुरुष र १ महिला रहेका छन् । उनीहरुको विवरण पछि आउने पनि बताइएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

काठमाण्डौंका १ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो

वि.सं.२०७७ जेठ १० शनिवार १६:४२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...