back
CTIZAN AD

जिपी फाउण्डेशन अमेरिकाले निःशुल्क रुपमा तातो खाना खुवायो

वि.सं.२०७७ जेठ १० शनिवार

795 

shares

२३ मे, न्युयोर्क अमेरिका । गिरिजा प्रसाद (जिपी) कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले तात–तातो खाना पकाएर न्युयोर्कको ज्याक्सन हाईट्समा अवस्थित फाउण्डेशनको कार्यालय अगाडिबाट निःशुल्क वितरण गरेको छ।

उक्त खाना वितरण कार्यक्रम न्युयोर्क शहरको ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स स्वयम् ले आज बिहिवार, मई २१ को ७ बजे बेलुकाबाट सुरु भई ८ः१५ सम्म चलेको थियो।

उक्त कार्यक्रमको आयोजना PAYSUSA, NYPD MOS, Muslims Giving Back, Shorefront Coalition, YAMAUSA, Khyber Society of America, DH Care, Innayah Services, Mohamad Bhuiyan र Gyro King सँग सहकार्य गरी निः शुल्क वितरण गरेको गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी गराए।

प्रेसिडेन्ट एरिक अडाम्ससँग सहकार्य गर्दै नेपाली लगायत सबै समुदायका  निःशुल्क तात–तातो स्वस्थ खाना वितरण गरिएको थियो। सो अवसरमा प्रेसिडेन्ट एरिक अडाम् पनि उपस्थित रहेका थिए ।

सो कार्यक्रममा नेवि सघंका पुर्व केन्द्रीय सदस्य ज्ञानल थापा, रोटरि क्लब अफ न्युयोर्कका अध्यक्ष नवराज के सि, एन आर एन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

फाउण्डेशनको निः शुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर खटने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वय प्रेम पौडेल र सुर्य सीमखडा र युएनआई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त रहेको अध्यक्ष घिमिरेले बताएका छन् ।

अध्यक्ष घिमिरेले गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्स, ब्रदर अहशान चुक्ताई, ब्रदर दिलिप चौहान र सबै सघंसस्थालाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेका छन् ।

स्मरण रहोस्, गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न, स्वास्थ्य सामाग्री लगायतका सहयोग गर्दै आएको छ ।

वि.सं.२०७७ जेठ १० शनिवार १६:५० मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...