back
CTIZAN AD

जेठ ९ सम्म नेपालको कोरोना अपडेटः ४२ हजार बढी पिसीआर परीक्षण, संक्रमित ५०७, आइसोलेशनमा ४३३ र रेडजोनमा ४३९ जना

वि.सं.२०७७ जेठ ९ शुक्रवार

633 

shares

९ जेठ, काठमाण्डौं । नेपालमा विहिबार (जेठ ९) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख २४ हजार ६०४ कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७,२४० जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ४२ हजार ४०८ र आरडिटी प्रविधिबाट ८२ हजार ११६ परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ९,९२० प्रदेश नं २ मा ६,२९५, बाग्मती प्रदेशमा १९०९३ गण्डकी प्रदेशमा ७०१८ प्रदेश नं ५ मा ११०८१, कर्णाली प्रदेशमा ८०६० र सुदूरपश्चिम प्रदेशमा १९७०८ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २७ हजार ८२९ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १,४१४ प्रदेश नं २ मा ५,९०६ बाग्मती प्रदेशमा ४७८, गण्डकी प्रदेशमा ४७८, प्रदेश नं ५ मा १५,९८९ कर्णाली प्रदेशमा ७३५ र सुदूरपश्चिम प्रदेशमा २६२९ जना रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार (जेठ ९ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
आजसम्म आइसोलेसनमा रहनेको संख्या ४३३ पुगेको छ । जसमा प्रदेश १ मा ५८, प्रदेश २ मा १४८, बाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा २०३, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ रहेका छन् ।
त्यस्तै आजसम्म रेडजोन (संभावित संक्रमित) मा रहेकाको संख्या ४३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

२० जना नयाँ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

आज एकैदिन ४९ जना नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ५०७ पुग्यो
नेपालमा आज एकैदिन ४९ जना संक्रमित भेटिएका छन् । जसमा पछिल्लोपटक थपिएका १९ जनामा बाँकेका मात्र १४ जना रहेका छन् । भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा नरैनापुरका १३ जना र राप्ती सोनालीका १८ वर्षीय पुरुष रहेका छन् । उनीहरुको उमेर समुह १८ देखि ६१ वर्षीय रहेको छ ।

त्यस्तै सेतिप्रादेशीक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको जानकीमाई गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा बसेका १९, २३, २६ वर्षीय पुरुष रहेका छन् ।
डडेल्धुरा फर्शुराम–१० का २८ वर्षीय, बैतडी शिवनाथ–१ का २२ वर्षीय र मोरङ रतुवामाई–२ का ४१ वर्षीय पुरुष रहेका छन् ।

बिहानै थपिए ३० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८७ पुग्यो

त्यस्तै आज बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको थियो । जसमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् ।
त्यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र राम्रगाम नगरपालिका ३ का दुइजना ३३ वर्षीय पुरुष र १५ वर्षिया युवती रहेकी छन् ।

कपिलवस्तु वाणगंगा नगरपालिका र मायादेवी गाउँपलिका निवासी २४, २५, २७, २९,२४,३६,४५,५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिका रहेकी छन् ।

सर्लाही गौडेता नगरपालिका वडा नं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपलिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ र १८ वर्षीया युवती रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म संक्रमित पुष्टि भएका ५०७ जनामा पुरुष ४३३ र महिलाको संख्या ७४ रहेको छ ।

संक्रमित व्यक्ति धेरै भेटिनेमा प्रदेश ५ पहिलो बन्यो, अन्य प्रदेशमा कति छन् त ?
हालसम्म सातै प्रदेशका ४० जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमा सबैभन्दा बढी संक्रमित फेला परेकामा प्रदेश ५ रहेको छ । त्यहाँ हालसम्म २२७ जना संक्रमित भेटिएका छन् । दोश्रोमा प्रदेश नम्बर २ रहेको छ त्यहाँ १५१ जना संक्रमित भेटिएका छन् । तेश्रोमा प्रदेश १ रहेको छ । त्यहाँ हालसम्म संक्रमितको संख्या ८५ पुगेको छ । चौथोमा बाग्मती प्रदेश जहाँ २८ जना संक्रमित भेटिएका छन् । पाँचौमा गण्डकी प्रदेश त्यहाँ संक्रमितकमो संख्या ५ रहेको छ । छैटौमा सुदूर पश्चिम प्रदेश ५ जना संक्रमित भेटिएका छन् । साथै सातौमा कर्णाली प्रदेश रहेको त्यहाँ १ जना मात्र संक्रमित भेटिएका छन् ।

निको हुनेको संख्या ७० पुग्यो
नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनहुँ बढेको छ ।
बाँकेको खजुरामा रहेको शुसील कोइराला क्यान्सर प्रखर अस्पतालबाट आज २१ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

अस्पतालका अनुसार उनीहरु २१ दिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् । जसमा ९ महिला र १२ पुरुष रहेका छन् । उनीहरुको उमेर समुह १ देखि ६० वर्ष उमेर समुहका छन् ।
निको हुनेमा बाँके नेपालगन्ज ८ का पहिलो संक्रमित ६० वर्षीय पुरुष लगायत २१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरुको लगातार गरिएको दोश्रो रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कुन प्रदेशमा कतिजना डिस्चार्ज भए त ?
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेमा प्रदेश १ मा २६, प्रदेश २ मा ६, बाग्मती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा २२ र सुदूर पश्चिम प्रदेशमा ५ जना रहेका छन् ।

मृत्यु हुनेको संख्या ३
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । जसमा जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा जेठ ३ गते गरिएको थियो । उनी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

त्यस्तै जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवाको क्वारेन्टाइनमै रहेका बेला मृत्यु भएको छ भने गुल्मीका ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा जेठ ७ गते उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालमा आजसम्मको कोरोना अपडेटः झण्डै ३९ हजार पिसीआर परीक्षण, ४५३ संक्रमित र रेडजोनमा ४३५ जना

वि.सं.२०७७ जेठ ९ शुक्रवार १७:५२ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...