back
CTIZAN AD

नफालौं भातका सिताहरू !

वि.सं.२०७७ जेठ ९ शुक्रवार

828 

shares

नफालौं भातका सिताहरू
नफालौं रोटीका टुक्राहरू
अन्नको श्राप लाग्छ -2
भात भन्दै रुदै रुदै
रोटी भन्दै रुदै रुदै
मर्नेको पाप लाग्छ -2
नफालौं भातका सिताहरू …!

कोही सडकमा कुकुरसँग
रोटी खोसिरहेछन् !
कोही फोहोरका थुप्राभित्र
खाना खोस्रिरहेछन् !
कोही मरेको कुकुरको
काँचै मासु टोकिरहेछन् *!
भात पर्खेर रोटी पर्खेर
मान्छेले सास रोकिरहेछन् !
नफालौं भातका सिताहरू ……!

साना साना अन्नका दाना
मिलेर बन्दछ माना !
साना साना सिताहरू
जुटेर बन्दछ खाना !
थोपा थोपा पानी मिलेर
खोला नदी सागर बन्छ !
मूर्खले मात्रै सानो कुराको
महत्व छैन फालौं भन्छ !
नफालौं भातका सिताहरू …..!

हामीले खाने गाँसहरूमा
कसैको पसिना परेको छ
कसैको भान्सा मुस्कुराउँदा
कसैको आशु झरेको छ
भात फाल्दा गौरव गर्ने
मूर्खहरू हो सोच है सोच !
हामी जस्तै अर्को मान्छे
भात नपाएर मरेको छ !
नफालौं भातका सिताहरू….!

२०७७्र/०२्/९
भक्तपुर

वि.सं.२०७७ जेठ ९ शुक्रवार १८:१० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...