back

कराँची जेलमा तीन सय भन्दा बढी कैदी कोरोना भाइरसबाट सङ्क्रमित

वि.सं.२०७७ जेठ ११ आइतवार

156 

shares
RBB AD
NTC AD

११ जेठ, काठमाडौँ । पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् ।

शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी कैदी राखिएकाले पनि धेरै जनामा सङ्क्रमण फैलिएको बताइएको छ । कारागारका अधिकारीहरुले सङ्क्रमित र सङ्क्रमण नभएका कैदीहरुलाई अहिले छुट्टा छुट्टै राखिएको जानकारी दिएका छन् ।

सङ्क्रमण फैलिएको देखिएपछि अहिले अस्पतालका सवै कैदी, सुरक्षाकर्मी, प्रशासनिक कर्मचारीलगायतको पनि कोरोना परिक्षण गरिएको छ । कारागारमा पहिलो सङ्क्रमित यही मे ११ तारिखका दिन पुष्टि भएको थियो । त्यसपछि अरु केही व्यक्तिहरुमा देखिएको थियो । अहिले त्यो दिनप्रतिदिन बढ्दै गइरहेको पाइएको छ ।

शनिबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट ५२ हजार ४ सय ३७ भएका छन् भने १ हजार १ सय १ जनाले आफ्नो ज्यान गुमाइसकेका छन ।

वि.सं.२०७७ जेठ ११ आइतवार ०९:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिमकोट (हुम्ला) । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना...

मोटरसाइकल घरमा ठोक्किदा दुई जनाको मृत्यु

मोटरसाइकल घरमा ठोक्किदा दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई...

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास,...

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

डिजिटल रुपान्तरणमार्फत समृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना...

घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा...