back
CTIZAN AD

स्वदेश फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह

वि.सं.२०७७ जेठ ११ आइतवार

669 

shares

११ जेठ, कास्की । यहाँका पाँचवटै स्थानीय तहले रोजगारी, विभिन्न पेशा तथा व्यवसायमा हाल भारतलगायत अन्य देशमा रहेकाको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । कोरोना भाइरसको जोखिमले गर्दा रोजगारी गुमाइ विदेशमा अप्ठ्यारो अवस्थामा परेर स्वदेश फर्किने इच्छा राखेकाको नामावली सङ्कलनमा स्थानीय सरकार जुटेका हुन् ।

जिल्लाको मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा विदेशमा रहेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम सकेका छन् भने पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा भइरहेको छ । हाल विदेशमा रहेकाहरु कोभिड–१९ का कारणले स्वदेश फर्किन चाहेको तथा उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको अवस्थामा क्वारेन्टिन निर्माण तथा आगामी दिनमा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय सरकारले तथ्याङ्क खोजेका हुन् ।

आगामी आर्थिक वर्ष विसं २०७७/७८ को वार्षिक बजेट तथा नीति कार्यक्रमको तयारीमा रहेका स्थानीय सरकारले बजेटअघि नै विदेशबाट फर्किन चाहनेहरुको सङ्ख्या यकिन गरी सोहीअनुसार कार्यक्रम बनाउने योजनामा छन् । स्थानीय तहले वडाका जनप्रतिनिधि, टोल विकास संस्थालगायतबाट घरघरमै पुगेर विदेश भएकाहरुको खोजीनीति गरेका हुन् । विदेशमा भएको व्यक्तिको नाम, उमेर, हाल रहेको देश, विदेशमा रहनुको उद्देश्य, हाल विदेशबाट फर्किन चाहे/नचाहेको तथा सम्पर्क नम्बरसहितको विवरण खोजी गरिएको हो ।

भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले अनलाइनका माध्यमबाट विदेश रहेकाहरुको जानकारी लिन शुरु गरेको छ । महानगरको वेवसाइटमा विदेश भएकाहरुले आफ्नो विवरण उल्लेख गर्न सकिने व्यवस्था गरिएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए । यसका साथै वडा कार्यालयमा समेत विवरण सङ्कलन गरिएको छ । महानगरमा स्थायी बसोबास भएर हाल विदेशमा भएकालाई अनिवार्यरूपमा विवरण भर्नसमेत महानगरले आग्रह गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले नौ वटै वडामा विदेश भएका र हालको विषम परिस्थितिका कारणले स्वदेश फर्किन चाहनेहरुको विवरण सङ्कलन भइरहेको बताइन् । सङ्कलित विवरणले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम निर्माणमा समेत सघाउने उनको भनाइ छ ।

“गाउँपालिकाबाट हाल भारतलगायतका मुलुकमा रहेका र स्वेदश फर्किन चाहेकाहरु विवरण सङ्कलन भइरहेको छ । स्वदेश आउनेहरुलाई गाउँमै कुन क्षेत्रमा रोजगारी दिने भन्नेमा नीति कार्यक्रममा समेट्छौँ”, उनले भनिन् ।

मादीमा दुई हजार

मादी गाउँपालिकाले विदेशमा भएकाहरुको तथ्याङ्क सङ्कलन गरिसकेको छ । मादीका १२ वटै वडाबाट गरेर एक हजार ९६८ जना विदेशमा रहेको विवरण छ । जनप्रतिनिधि तथा टोल विकास संस्थाबाट विदेश भएकाहरुको विवरण जम्मा गरिएको थियो । रुपा गाउँपालिकाले विदेशबाट आउन चाहनेहरुले दैनिक सम्पर्क गर्न थालेको भन्दै थप क्वारेन्टिन निर्माण शुरु गरेको छ । गाउँपालिकामा एक हजार ७९३ विदेशमा रहेको बताइन्छ ।

सातवटै वडाका घरघरमा पुगेर उनीहरुको विवरण सङ्कलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । विदेश भएकाहरु अवस्था सहज हुनेबित्तिकै स्वदेश फर्किने भएकाले उनीहरुलाई राख्नका लागि हंसपुरको रामकोट माध्यमिक विद्यालयमा ५० जना क्षमताको क्वारेन्टिन निर्माण शुरु गरिएको बताइन्छ । गाउँपालिकाले यसअघि देउरालीमा २५ र भिरचोकमा १० शैयाको क्वारेन्टिन तयार गरेको छ । भिरचोकमा हाल चार क्वारेन्टिनमा बसेको उनले जानकारी दिए । (रासस)

वि.सं.२०७७ जेठ ११ आइतवार १६:५० मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...