back
CTIZAN AD

काठमाण्डौं सोह्रखुट्टेका १ सहित थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

वि.सं.२०७७ जेठ ११ आइतवार

960 

shares

११ जेठ, काठमाण्डौं । नेपालमा काठमाण्डौं १६ खुट्टेका ६९ वर्षीय पुरुष सहित थप १९ जनामा कोरोना संक्रमण भेटिएको छ । पछिल्लो २४ घण्टामा थपिएका १९ जनामा नुवाकोटमा पनि पहिलोपटक एक संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित हुनेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी-३ का ४५ वर्षीय पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, विरगन्ज पर्साका २५ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, पर्साकै वारामा कार्यरत ३४ वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुष र रुपन्देही सम्मरीमाइका ४० र ५० वर्षीय र रुपन्देही १ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी काठमाण्डौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैराती–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । साथै गुल्मी मदाने गाउँपलिका ३१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ जेठ ११ आइतवार १६:४७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...