back
CTIZAN AD

जातीय विभेदको पराकाष्ठा, दुलही लिन जाँदा आक्रमण, दुईको मृत्यु, पाँच बेपत्ता

वि.सं.२०७७ जेठ १२ सोमवार

759 

shares

केटाको घरमासमेत केटी आउजाउ गर्थिन् । केटाको आमा उर्मिलाले ‘हाम्रो जातभात मिल्दैन भन्दै सुष्मालाई ठकुरीको छोरी भएको र आफूहरु दलित भएकाले छोरासँग बिहे नगर्न भन्थिन् ।’ तर, उनीहरु आफूहरुको प्रेमलाई जातले रोक्न नसक्ने भन्दै दुवैले बिहे गर्ने कसम खाए ।

१२, जेठ, जाजरकोट । भेरी नगरपालिका –४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीको सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । यो विषय बिस्तारै दुवैतिरका परिवारले थाहा पाए । केटातर्फका परिवारले दलित केटीसँग्को प्रेम सम्बन्ध कुनै हालतमा अघि बढ्न नसक्ने भन्दै पटक–पटक चेतावनी दिँदै आएका थिए । तर, गहिरो माया बसेपछि उनीहरु एकअर्काबिना बाँच्न नसक्ने भन्दै विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे । केटाको घरमासमेत केटी आउजाउ गर्थिन् । केटाको आमा उर्मिलाले ‘हाम्रो जातभात मिल्दैन भन्दै सुष्मालाई ठकुरीको छोरी भएको र आफूहरु दलित भएकाले छोरासँग बिहे नगर्न भन्थिन् ।’ तर, उनीहरु आफूहरुको प्रेमलाई जातले रोक्न नसक्ने भन्दै दुवैले बिहे गर्ने कसम खाए ।

आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने सल्लाहबमोजिम सुष्माकै आग्रहमा नवराज साथीहरुसँग केटीको गाउँ सोती पुगे । एक्लै गए खतरा हुने ठानेरै १८ जना साथी लिएर गएका नवराजलाई अन्ततः साथीहरुले पनि जोगाउन सकेनन् । स्थानीयको आक्रमणमा नवराजसहित दुई जनाको मृत्यु भयो । बेहुला लिन गएका जाजरकोटको भेरी नगरपालिका–४ का २९ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेट्टियो । प्रेमिकाको आग्रहमा बेहुली लिन गएका नवराजसहितको टोलिमाथि वडाध्यक्ष डम्बरबहादुर मल्लसहत सोतीका गाउँलेले आक्रमण गरे । १२ जनालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । केटीका आमाबुबाले गाउँले बोलाएर आक्रमण गरी लखेटेर हत्या गरेको पीडित पक्षको भनाइ छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनापछि चौरजहारी नगरपालिका –८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका( बुबा) बीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक, भेरी नगरपालिका –११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र चौरजहारी नगरपालिका –१ का टीकाराम सुनार बेपत्ता छन् । तीमध्ये एक जनाको शव फेला परेको छ ।

(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट )

वि.सं.२०७७ जेठ १२ सोमवार ०७:४३ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...