back
CTIZAN AD

अफ्रिकी देश सिसेल्समा नेपालको नाम चम्काउँदै सुवेदी र छतकुली

वि.सं.२०७७ जेठ १३ मंगलवार

891 

shares

१३ बैशाख, अफ्रिका । भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ चितवनका एकराज सुवेदी र रूद्रराज छुतकुलीलाई सिसेल्स पुग्न । हुन त भाग्यवादमा विश्वास नगर्नेहरुले देशमा विभिन्न बाध्यता, विवशता र बेरोजगारीका कारण नेपाली बलिया पाखुरालाई विदेश जानु परेको कारण बताउँछन् । तर, त्यहि भाग्यवादमा विस्वास गर्ने हो भने, भाग्यकै कारण ‘म यहाँ आए र यहाँ पुगे, यति काम गरे र यस्तो प्रगति गरे’ भनेर सन्तुष्ट हुने धेरै मानिसहरु छन् ।

हुन त, हामी नेपाली यी दुवै कुरामा विस्वास पनि गर्छौं । सायद त्यहि भाग्यले नै तानेर हो की, या त फेरि साहसी नेपालीको कर्म नै भनौं चितवन राप्ती नगरपालिका वडा नं ३ झुरझुरे निवासी ४० वर्षीय एकराज सुवेदी (पवन) र अर्का खैरनी नगरपालिका वार्ड नं. १२ का ३९ वर्षीय रूद्रराज छुतकुली (राज) यी दुबैका भाग्य अफ्रिकी देश सिसेल्समा त्यसरी नै चम्किएको छ । सिसेल्सका बहादुर नागरिकले गर्न नसकेको काम सुवेदीले गरेका छन् भने छुतकुलीले अतिरिक्त कृयाकलापमा आफुलाई उच्च स्थानमा राख्न सफल हुदै अफ्रिकी देश सिसेल्समा नेपाल र नेपालीको शान अनि मान राख्न सफल भएका छन् । सुवेदी र छतकुली दुबै पुर्व नेपाली सेना हुन् ।

छिटो अनि धेरै धन कमाउने सपनाले अन्य युवालाई जस्तै सुवेदी र छतकुली दुबैलाई सताउन थाल्यो । त्यहि सपनालाई साकार पार्नका लागि सन् २०१२ मा सुवेदी २०१६ मा छतकुली पूर्वी अफ्रिकाको सिसेल्स पुगेका हुन् । त्यहाँ दुवैजना सिसेल्स प्रहरीमा जागिरे भए ।

धेरै पैसा कमाउने सपना बोकेर विदेश पुगेका युवाहरुले आफूले सोचेजस्तो धन कमाउने सपना पूरा हुँदैन । तर, यी दुबैलाई सिसेल्सले धन मात्र नभएर मान सम्मान पनि दिएको छ । तर, त्यो त्यसै पाएको सम्मान होइन । सुवेदीले आफ्नो ज्यानको बाजी थापेर ३५ सिसेल्वा नागरिकको ज्यान बचाएको कारण उनलाई उक्त सम्मान मिलेको हो भने छुतकुलीलाई राष्ट्रिय दौड प्रतियोगिता (म्याराथुन) मा उच्चस्थान प्राप्त गरेका कारण मिलेको हो ।

सुवेदी २०१४ मा सिसेल्स पब्लिक ट्रान्सपोर्ट कर्पोरेशन क्एत्ऋ बसमा निजी कामको सिलसिलामा यात्रा गर्दै थिए । उक्त बसमा ३५ जना सवार थिए । बस उकालो बाटोमा गुडिरहेको थियो । यत्तिकैमा चालक गाडि रोकेर पसलतर्फ लागे । अचानक बस आफै ओरालो लाग्न थाल्यो ।

बसमा सवार सिसेल्सका नागरिक दुर्घटना हुन थाल्यो भनेर रुन कराउन थाले । त्यसमा यात्रु घाईते भए भने सुवेदी पनि अछुतो रहेनन् । तर, पनि उनले हिम्मत हारेनन् । सकि नसकी ड्राइभर बस्ने सिटमा पुगेर गाडीको स्टेरिङ समाएर गाडीलाई तत्काल नियन्त्रणमा लिएर आफूसहित ३५ जना सिसेल्वा नागरिकको ज्यान जोगाए ।

सुवेदीले तत्कालै बुद्धि नलगाएको भए त्यहाँ ठूलो दुर्घटना हुन सक्थ्यो । तर, उनले आफ्नो बहादुरीपन देखाएर सबैको रक्षा गरे ।

सुवेदीको यस साहसिक कार्यको उच्च मूल्यांकन गर्दै सिसेल्स सरकारले सिसेल्स प्रहरी विभागका तर्फबाट र विभिन्न प्राइभेट क्षेत्रबाट सुवेदीलाई विभिन्न मेडल र झन्डै १ लाख रुपैयाँ बराबर नगद सहित उच्च सम्मान गरिएको थियो । सुवेदीको उक्त साहसिक कार्यको सिसेल्सका विभिन्न संचारमाध्यमहरुले पनि खुब प्रसंसा गरेर लेखेका थिए । अर्कातिर छतकुलीले २०१८–०१९ र २०२० मा राष्ट्रिय दौड प्रतियोगितामा प्रत्येक वर्ष नगत सहित पदक विजेता भई नेपालीको सान राखेका छन् ।

छतकुली हाल रजत, कांस्य र स्वर्ण गरि ३ वटा पदक विजेता बनेका छन् भने झन्डै ३ लाख बराबर हात पारिसकेका छन् ।

विदेशी भूमिमा रहेर पनि एकल र साहसिक कदमले बसका ३३ यात्रुको ज्यान सम्भावित दुर्घटनाबाट बचाएर एकराज सुवेदीले र विदेशी जीवनको व्यस्तताका बावजूद राष्ट्रिय दौड प्रतियोगिता जस्तो खेलमा उच्च स्थान प्राप्त गरि नेपालीको राम्रो परिचय दिन सफल भएको भन्दै एनआरएनए सिसेल्सका अध्यक्ष राम प्रसाद पन्तले खुसी ब्यक्त गरेका छन् ।

वि.सं.२०७७ जेठ १३ मंगलवार ०८:५२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...