कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालमा लकडाउन गरिएको पनि दुई महिना पूरा भइसकेको छ । नेपाली नागरिकहरु घरभित्रै बन्धकको स्थितिमा छन् । धेरैजसो उद्योगधन्दा, कलकारखाना सरकारी तथा निजी संघ संस्थाहरु बन्दाबन्दीको अवस्थामा छन् । खाद्यान्न लगायत अति आवस्यक भनि तोकिएका क्षेत्रहरु खोलिए पनि सिमित समय तोकिएका कारण व्यववसाय संचालन गर्नपनि एकदमै कठिनाई भइरहेको अवस्था छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु यतिबेला उद्योग धन्दा बन्द भएका कारण धेरैजसोका भान्सामा चुलो नबल्ने अवस्था पुगेको छ ।
सामान्यतय नेपाली नागरिकलाई तीन वर्गमा विभाजन गर्ने गरिएको छ । पहिलो वर्ग-जो हुने खाने धनाढ्य वर्ग पर्दछ । यो वर्गलाई लकडाउनको कारणबाट कुनै पनि प्रभाव परेको देखिँदैन । भनिन्छ –उनीहरुको भान्सा मनोरन्जनात्मक भइरहेको छ । दोश्रो वर्ग–जो मध्यमस्तरका नागरिहकहरु पर्दछन् । धेरैजसो नागरिक यो वर्गका छन् । उनीहरु सरकारी तथा निजी संघ संस्थाहरुमा काम गर्ने व्यापार, व्यवसाय चलाएर आफ्नो तथा परिवारको सामान्यतया खानपिन तथा शिक्षा–दिक्षाको व्यवस्था गर्छन् । यस्ता परिवारमा कतिपयको त एकजनाको कमाईबाट ४–५ जना पालिएको स्थिति पनि छ । उद्योग धन्दा, कलकारखानामा काम गर्ने कर्मचारी, बैंकिङ, व्यवसाय, सहकारी तथा बोर्डिङ स्कुल, सरकारी तथा गैह्रसरकारी संघसंस्था निजी अस्पतालगायतका कर्मचारीहरुले यसैबाट गुजारा चलाएका हुन्छन् ।
यतिबेला प्रत्येक मध्यम र निम्न वर्गिय परिवारका भान्सामा चुलो निभ्ने स्थिति आइसकेको छ । महामारी झन बुलेट ट्रेनको गतिमा दौडिरहेको र अझै कतिदिन लकडाउन गर्नुपर्ने हो त्यो अनिश्चित जस्तै छ । समय परिस्थिति कता जाने हो थाहा छैन । बाँच्नकै लागि नागरिकलाई कठिन हुँदै गएको अवस्था छ । एकातिर बेरोजगारीको स्थिति, कर्मचारीले तलब पाएका छैनन् । पाएकाले पनि ४०\५० प्रतिशत कट्टा गरेर पाएको अवस्था छ । कतिपय उद्योग धन्दा पूर्णरुपमा नै बन्द भएका छन् । यस्तो अवस्थामा भोको पेट लिएर जनताले कोभिड-१९ सँग कसरी विजयी हासिल गर्लान् त ? यो गम्भीर विषय हो । यतिबेलाको पहिलो शर्त जनताले बाँच्न पाउनु पर्दछ ।
नेपालमा अहिले पनि निर्वाहमुखी कृषि प्रणालीबाट खेती गरिन्छ । किसानहरु बाली लगाउन, उठाउन नपाएको अवस्था छ । कृषि श्रमिकहरुको अभाव, मल, औषधि उपचार समयमा गर्न नपाएका कारण पनि किसानहरु प्रभावित भएका छन् भने लकडाउनकै कारण आफ्ना उत्पादन बजारसम्म लैजाने सहज वातावरण नहुँदा कतिले वस्तुलाई खुवाउने गरेको र कतिपयले जमिनमै गाडेको समाचारहरु पनि आइरहेका छन् ।
त्यसैगरी तेश्रो वर्ग-जो विहान बेलुकाको छाक टार्नकै लागि दिनरात पसिना बगाउने वर्ग पर्छन् । जो दिनभरी श्रम बेचेर बेलुका भान्सामा चुलो बाल्ने गर्छन् । यो वर्गलाई सरकारी गैह्रसरकारी तथा व्यक्तिगत तवरबाट सिमित क्षेत्रमा केही राहत वितरण गरिए पनि जुन वर्गले राहत पाउनु पर्ने हो, त्यो वर्गले पाउन नसकेको गुनासो पनि सुनिन्छ । कुनै–कुनै गाउँपालिका र नगरपालिकामा त राहत बाड्दा आफ्ना पार्टीका कार्यकर्तालाई बाड्ने गरेको गुनासो पनि आएको पाइन्छ । यस्ता वर्गमा परिवार पनि ठूलो हुने भएको र सिमित राहतले उनीहरु सबैको पेट नभरिने हुनाले यस्ता परिवारहरु यतिबेला आर्थिक मात्र नभएर कसरी परिवारको पेट भरौं र कोरोना संक्रमणका विरुद्ध लडौं भन्ने मानसिक तनावमा छन् । तर्सथ यतिबेला रोगबाट बच्नका लागि संघर्ष गरिरहेका उनीहरु अब भोकका लागि संघर्ष गर्दागर्दै अप्रिय घटना नघट्ला भन्न सकिन्न ।
यतिबेला प्रत्येक मध्यम र निम्न वर्गिय परिवारका भान्सामा चुलो निभ्ने स्थिति आइसकेको छ । महामारी झन बुलेट ट्रेनको गतिमा दौडिरहेको र अझै कतिदिन लकडाउन गर्नुपर्ने हो त्यो अनिश्चित जस्तै छ । समय परिस्थिति कता जाने हो थाहा छैन । बाँच्नकै लागि नागरिकलाई कठिन हुँदै गएको अवस्था छ । एकातिर बेरोजगारीको स्थिति, कर्मचारीले तलब पाएका छैनन् । पाएकाले पनि ४०\५० प्रतिशत कट्टा गरेर पाएको अवस्था छ । कतिपय उद्योग धन्दा पूर्णरुपमा नै बन्द भएका छन् । यस्तो अवस्थामा भोको पेट लिएर जनताले कोभिड-१९ सँग कसरी विजयी हासिल गर्लान् त ? यो गम्भीर विषय हो । यतिबेलाको पहिलो शर्त जनताले बाँच्न पाउनु पर्दछ ।
यस आ.वको बजेट कार्यक्रम आउने क्रममा छ । नीति तथा कार्यक्रममा स्पष्ट रुपमा राहत प्याकेजको कुरा नलेखिएको हुँदा यो बजेटमार्फत् सरकारले मध्यम तथा निम्न वर्गिय नागरिक लक्षित राहत प्याकेज कार्यक्रम ल्याउन नितान्त आवस्यक छ । यस्तो कठिन घडीमा जनताको जीवन रक्षाका लागि सरकारले फितलो रुपमा प्रस्तुत हुने र भोली नेपाल र नेपालीले मानविय क्षति बेर्होनु पर्यो भने यो सरकालाई नेपाली जनताले कदापी क्षमा दिने छैनन् ।
वि.सं.२०७७ जेठ १३ मंगलवार ०९:२२ मा प्रकाशित






























