back
CTIZAN AD

भोको पेटले कोरोनालाई कसरी जित्न सकिन्छ सरकार ?

वि.सं.२०७७ जेठ १३ मंगलवार

1K 

shares

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालमा लकडाउन गरिएको पनि दुई महिना पूरा भइसकेको छ । नेपाली नागरिकहरु घरभित्रै बन्धकको स्थितिमा छन् । धेरैजसो उद्योगधन्दा, कलकारखाना सरकारी तथा निजी संघ संस्थाहरु बन्दाबन्दीको अवस्थामा छन् । खाद्यान्न लगायत अति आवस्यक भनि तोकिएका क्षेत्रहरु खोलिए पनि सिमित समय तोकिएका कारण व्यववसाय संचालन गर्नपनि एकदमै कठिनाई भइरहेको अवस्था छ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु यतिबेला उद्योग धन्दा बन्द भएका कारण धेरैजसोका भान्सामा चुलो नबल्ने अवस्था पुगेको छ ।

सामान्यतय नेपाली नागरिकलाई तीन वर्गमा विभाजन गर्ने गरिएको छ । पहिलो वर्ग-जो हुने खाने धनाढ्य वर्ग पर्दछ । यो वर्गलाई लकडाउनको कारणबाट कुनै पनि प्रभाव परेको देखिँदैन । भनिन्छ –उनीहरुको भान्सा मनोरन्जनात्मक भइरहेको छ । दोश्रो वर्ग–जो मध्यमस्तरका नागरिहकहरु पर्दछन् । धेरैजसो नागरिक यो वर्गका छन् । उनीहरु सरकारी तथा निजी संघ संस्थाहरुमा काम गर्ने व्यापार, व्यवसाय चलाएर आफ्नो तथा परिवारको सामान्यतया खानपिन तथा शिक्षा–दिक्षाको व्यवस्था गर्छन् । यस्ता परिवारमा कतिपयको त एकजनाको कमाईबाट ४–५ जना पालिएको स्थिति पनि छ । उद्योग धन्दा, कलकारखानामा काम गर्ने कर्मचारी, बैंकिङ, व्यवसाय, सहकारी तथा बोर्डिङ स्कुल, सरकारी तथा गैह्रसरकारी संघसंस्था निजी अस्पतालगायतका कर्मचारीहरुले यसैबाट गुजारा चलाएका हुन्छन् ।

यतिबेला प्रत्येक मध्यम र निम्न वर्गिय परिवारका भान्सामा चुलो निभ्ने स्थिति आइसकेको छ । महामारी झन बुलेट ट्रेनको गतिमा दौडिरहेको र अझै कतिदिन लकडाउन गर्नुपर्ने हो त्यो अनिश्चित जस्तै छ । समय परिस्थिति कता जाने हो थाहा छैन । बाँच्नकै लागि नागरिकलाई कठिन हुँदै गएको अवस्था छ । एकातिर बेरोजगारीको स्थिति, कर्मचारीले तलब पाएका छैनन् । पाएकाले पनि ४०\५० प्रतिशत कट्टा गरेर पाएको अवस्था छ । कतिपय उद्योग धन्दा पूर्णरुपमा नै बन्द भएका छन् । यस्तो अवस्थामा भोको पेट लिएर जनताले कोभिड-१९ सँग कसरी विजयी हासिल गर्लान् त ? यो गम्भीर विषय हो । यतिबेलाको पहिलो शर्त जनताले बाँच्न पाउनु पर्दछ । 

नेपालमा अहिले पनि निर्वाहमुखी कृषि प्रणालीबाट खेती गरिन्छ । किसानहरु बाली लगाउन, उठाउन नपाएको अवस्था छ । कृषि श्रमिकहरुको अभाव, मल, औषधि उपचार समयमा गर्न नपाएका कारण पनि किसानहरु प्रभावित भएका छन् भने लकडाउनकै कारण आफ्ना उत्पादन बजारसम्म लैजाने सहज वातावरण नहुँदा कतिले वस्तुलाई खुवाउने गरेको र कतिपयले जमिनमै गाडेको समाचारहरु पनि आइरहेका छन् ।

त्यसैगरी तेश्रो वर्ग-जो विहान बेलुकाको छाक टार्नकै लागि दिनरात पसिना बगाउने वर्ग पर्छन् । जो दिनभरी श्रम बेचेर बेलुका भान्सामा चुलो बाल्ने गर्छन् । यो वर्गलाई सरकारी गैह्रसरकारी तथा व्यक्तिगत तवरबाट सिमित क्षेत्रमा केही राहत वितरण गरिए पनि जुन वर्गले राहत पाउनु पर्ने हो, त्यो वर्गले पाउन नसकेको गुनासो पनि सुनिन्छ । कुनै–कुनै गाउँपालिका र नगरपालिकामा त राहत बाड्दा आफ्ना पार्टीका कार्यकर्तालाई बाड्ने गरेको गुनासो पनि आएको पाइन्छ । यस्ता वर्गमा परिवार पनि ठूलो हुने भएको र सिमित राहतले उनीहरु सबैको पेट नभरिने हुनाले यस्ता परिवारहरु यतिबेला आर्थिक मात्र नभएर कसरी परिवारको पेट भरौं र कोरोना संक्रमणका विरुद्ध लडौं भन्ने मानसिक तनावमा छन् । तर्सथ यतिबेला रोगबाट बच्नका लागि संघर्ष गरिरहेका उनीहरु अब भोकका लागि संघर्ष गर्दागर्दै अप्रिय घटना नघट्ला भन्न सकिन्न ।

यतिबेला प्रत्येक मध्यम र निम्न वर्गिय परिवारका भान्सामा चुलो निभ्ने स्थिति आइसकेको छ । महामारी झन बुलेट ट्रेनको गतिमा दौडिरहेको र अझै कतिदिन लकडाउन गर्नुपर्ने हो त्यो अनिश्चित जस्तै छ । समय परिस्थिति कता जाने हो थाहा छैन । बाँच्नकै लागि नागरिकलाई कठिन हुँदै गएको अवस्था छ । एकातिर बेरोजगारीको स्थिति, कर्मचारीले तलब पाएका छैनन् । पाएकाले पनि ४०\५० प्रतिशत कट्टा गरेर पाएको अवस्था छ । कतिपय उद्योग धन्दा पूर्णरुपमा नै बन्द भएका छन् । यस्तो अवस्थामा भोको पेट लिएर जनताले कोभिड-१९ सँग कसरी विजयी हासिल गर्लान् त ? यो गम्भीर विषय हो । यतिबेलाको पहिलो शर्त जनताले बाँच्न पाउनु पर्दछ ।

यस आ.वको बजेट कार्यक्रम आउने क्रममा छ । नीति तथा कार्यक्रममा स्पष्ट रुपमा राहत प्याकेजको कुरा नलेखिएको हुँदा यो बजेटमार्फत् सरकारले मध्यम तथा निम्न वर्गिय नागरिक लक्षित राहत प्याकेज कार्यक्रम ल्याउन नितान्त आवस्यक छ । यस्तो कठिन घडीमा जनताको जीवन रक्षाका लागि सरकारले फितलो रुपमा प्रस्तुत हुने र भोली नेपाल र नेपालीले मानविय क्षति बेर्होनु पर्यो भने यो सरकालाई नेपाली जनताले कदापी क्षमा दिने छैनन् ।

कोरोना संकटका बेला नागरिकलाई टुहोरो नबनाइयोस्

वि.सं.२०७७ जेठ १३ मंगलवार ०९:२२ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...