back
CTIZAN AD

पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने

वि.सं.२०७७ जेठ १३ मंगलवार

696 

shares

१३ जेठ, पर्वत । पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा रहेका बेला पर्वतको फलेवास नगरपालिकाले बाँझो जमिनमा खेती गरे अनुदान दिने निर्णय गरेको हो । उत्पादन बढाउन र खाद्य सङ्कट नहोस् भनेर किसानलाई अनुदान घोषणा गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले जानकारी दिएका छन् ।

नगरको कार्यपालिको सोमबार बसेको बैठकबाट कोरोना भाइरस सङ्क्रमण थप फैलिन सक्ने र खाद्य सङ्कट समेत निम्तिन सक्ने भन्दै बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने नीति अघि सारिएको नगरप्रमुख शर्माले बताए । नगरपालिकाले दुई वर्षभन्दा बढी समय बाँझो रहेको जमिनमा खाद्यान्नजस्तै मकै, कोदो र धानखेती गर्ने किसानलाई अनुदान दिने निर्णय गरेको नगरप्रमुख शर्माले जानकारी दिए । “हामी आत्मनिर्भर हुनेतर्फ योजना बनाउन जरुरी छ”, उनले भने, “यस्तै अवस्था आउने हो भने विदेशबाट खाद्यान्न आयात हुन समस्या आउन सक्छ”, उनले भने, “त्यसैले हामीले आफ्नै उत्पादनमा जोड दिनुपर्छ ।”

नगरपालिकाले बाँझो जमिनमा खेती गरे वडा कार्यालयबाट प्राप्त तथ्याङ्कको आधारमा अनुगमन गरी वास्तविक देखिएमा मल, बीउ व्यवस्थापनको लागि प्रतिरोपनी रु दुई हजार दिनेछ । साथै नगरपालिकाले खेती गरिने स्थान वरिपरि अनुत्पादक रुख कटानीछटानीको व्यवस्था गर्नुपर्ने भनेको छ ।

बाँझो जमिनमा खेती गर्न इच्छुक व्यक्तिले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित टोलको सिफारिस, जग्गाधनी प्रमाणपत्र र लिज वा भाडामा भए सम्झौतापत्र र लिनेदिनेको नागरिकताको प्रमाणपत्रसहित १५ दिनभित्रमा वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिएका छन् । रासस

वि.सं.२०७७ जेठ १३ मंगलवार १०:२० मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...