back
CTIZAN AD

सन्दर्भ रुकुम घटनाः डाक्टर भन्छन्–‘पानीमा डुबेर मृत्यु भएकाको पेट फुल्छ तर त्यस्तो देखिएन’

वि.सं.२०७७ जेठ १८ आइतवार

912 

shares

१८ जेठ, काठमाण्डौं । पाँचजनाको ज्यानै जाने र एकजना बेपत्ता हुने गरी भएका रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा पानीमा डुबेर मृत्यु नभई कुटपिटबाट मृत्यु भएको पोस्टमार्टम रिर्पोटले देखाएको छ ।

जेठ १० गते भएको उक्त घटनामा पाँच युवाको शब भेरी नदीमा भेटिएको थियो भने एकजना अझै बेपत्ता भएका छन् । नदी किनारमा भेटिएका पाँच युवाको पोस्टमार्टम रिर्पोटले कुटपिटबाटै मृत्यु भएको बताएको छ ।

पोस्टमार्टममा संलग्न चिकित्सकले मृतक पाँचैजनाको शरीरका विभिन्न भागमा चोट देखिएको बताएका छन् । पोस्टमार्टममा संलग्न एक चिकित्सकले मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिएको बताएका छन् । उनले नदीमा बगेपनि पेटमा पानी भरिएको नदेखिएको बताएका छन् ।

उनका अनुसार डुबेर मृत्यु भएका मानिसको पेट पानी भरिएर फुल्ने गर्छ । तर त्यस्तो देखिएन । उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिएको ति चिकित्सकको भनाई छ । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा पठाइएको बताइएको आइतबारको नागरिक दैनिकमा समाचार छ ।

यस घटनालाई लिएर राष्ट्रिय दलित आयोगका पूर्वउपाध्यक्ष मान बहादुर नेपालीले केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषिलाई उम्काउने प्रयास गरिएको आरोप लगाएका छन् । ‘घटनामा वडाअध्यक्ष डम्बर बहादुर मल्ल प्रमुख दोषि हुन् । उनकै संलग्नतामा यो सबै घटना भयो,’ उनले भने, ‘ तर अहिले नेताहरुले अपराधिलाई बचाउने गरी वक्तव्य दिने गरेका छन् ।’

वि.सं.२०७७ जेठ १८ आइतवार १२:१२ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...