back
CTIZAN AD

मसालमा फेरि विभाजन !

वि.सं.२०७७ जेठ २४ शनिवार

927 

shares

२४ जेठ, काठमाडौँ । मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसालमा फेरि विभाजन देखिएको छ ।

लामो सयमसम्म नेपाल कम्युनिष्ट पार्टी मसालमा काम गरेका र राष्ट्रिय जनमोर्चाको नेतृत्वमै रहेर आएका व्यक्तिहरुले राष्ट्रिय जागरण अभियानको नाउँबाट गतिविधि बढाउदै लगेपछि मसालभित्र विभाजनको विषय प्रष्टिएको हो ।

नवगठित राष्ट्रिय जागरण अभियानका तर्फबाट संयोजक सन्तबहादुर नेपालीले जेठ २३ को अनलाइन बैठकका निर्णय भनि सार्वजनिक गरेको प्रेस वक्तव्यले त्यसलाई थप पुष्टि गरेको देखिएको छ । नेकपा मसालको आन्तरिक परीपत्रमा पार्टी फुटाउने चालबाजीका रुपमा गरिएको चित्रणलाई अफवाह भन्दै नेता नेपालीले अहिले राजनैतिक पार्टीका रुपमा नभै साँस्कृतिक चेतना तथा जागरण पैदा गर्ने अभियान मात्र भएको बताएका छन् ।

सन्त बहादुर नेपाली संयोजक रहेको सो अभियानमा गोविन्द सिंह थापा(काठमाडौँ), शसिधर भण्डारी(दाङ), सुर्या थापा(काठमाडौँ), गौरीलाल कार्की(बाँके), बाबुराम आचार्य(रुपन्देही), नारायण शर्मा(स्याङ्जा), सागर कुँवर(बाग्लुङ), लक्ष्मी रिजाल उदय(कैलाली), गुणनीधि आचार्य(बाँके), हिमलाल वाग्ले(कपिलवस्तु), रेशम गिरी(बाग्लुङ), लिलाधर पुन(प्युठान), अर्जुन शर्मा(कास्की), सुमन भण्डारी(रुपन्देही), हुकुम साउद(कैलाली), निस्नु थिङ(सर्लाही), सहित १७ जनाको कार्यसमितिमा मेघराज भट्टराई(दाङ), गंगाराम भट्टराई(दाङ), धिरेन थापा(सुर्खेत), राम स्वर्णकार(अर्घाखाँची), शुसिल एकिकृत(कालीकोट), एकराज भुसाल(दाङ),लिला पुन (दाङ), र समर रोय(मुगु) सहित ८ जना थपेर २५ सदस्यीय केन्द्रीय समिति बनाइएको नेता नेपालीले बताएका छन् ।

२५ सदस्यीय सो समितिका आधा जति नेताहरु मसालको केन्द्रीय हैसियतमा बसेर काम गर्दै आएका व्यक्ति हुन् । कोरोना महामारीको यो बेला मसालले आन्तरिक परिपत्र जारी गर्नु र अभियानले कार्यसमिति थप्दै जानुले मसालको विभाजन स्वत प्रष्टिएको छ ।

फरक विचारलाई सम्मान गर्न नसक्ने संस्कृतीका कारण २०४४, २०४७, २०५५ र २०६२, लगायतका वर्षमा सो पार्टीले विभाजन व्यहोर्दै आएको छ । पछिल्ला दिनमा नेतृत्वको निर्लज्ज ब्यक्तिबाद प्रष्टिदै गएकोले सांस्कृतिक चेतना बढाइएको सो समुहको भनाइ छ भने मसाल सुत्रले बिभिन्न समयमा पाटी कारबाहीमा परेका नेपाली र थापाहरुको यो समुहले मोहि माग्ने ढुंग्रो लुकाउने काम गरीरहेको बताएको छ । केहि समय यता मसालका ब्राण्ड भनिने चित्र बहादुर केसी समेतको असंतुष्टि भनेर जोडन खोजिएपनि यसमा सत्यता नरहेको केसी श्रोतले बताएको छ ।

वि.सं.२०७७ जेठ २४ शनिवार २१:४३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...