Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा आजसम्मको कोरोना अपडेटः ३,२३५ संक्रमित, १३ को मृत्यु, आइसोलेशनमा २,८३७ जना र क्वारेन्टाइनमा १ लाख ६६ हजार बढी



२४ जेठ, काठमाण्डौं । नेपालमा शनिबार (२४ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख २९ हजार ९१२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ९,८८६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय मन्त्रालयले परीक्षणको दायरा दैनिकरुपमा बढाउँदै गएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ९२ हजार ४७७ र आरडिटी प्रविधिबाट १ लाख ३७ हजार ४३५ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ४,१११ पिसीआर र ५,५७० वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण जो क्वारेन्टाइनमा रहेकाहरु
त्यसैगरी हालसम्म प्रदेश नं १ मा १३ हजार ८९, प्रदेश नं २ मा ९ हजार ३५६, बाग्मती प्रदेशमा २६ हजार ७६३, गण्डकी प्रदेशमा ९ हजार ३५०, प्रदेश नं ५ मा ३१ हजार ७८०, कर्णाली प्रदेशमा १७ हजार २१९ र सुदूरपश्चिम प्रदेशमा २९, ८७८ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख ६८ हजार ३१ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ४ हजार ३०३ जना, प्रदेश नं २ मा २१ हजार ९२ जना, बाग्मती प्रदेशमा ३ हजार ५१३ जना, गण्डकी प्रदेशमा ५ हजार ३९८ जना, प्रदेश नं ५ मा ४१ हजार २१७ जना, कर्णाली प्रदेशमा ३२ हजार २६५ जना र सुदूरपश्चिम प्रदेशमा ६० हजार २४३ जना रहेको स्वास्थ्य मन्त्रालयले शुक्रबार (जेठ २४ गते) को नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन् ।

आइसोलेशन र रेडजोनमा रहनेको संख्या
नेपालमा हालसम्म विभिन्न अस्पतालका आइसोलेसनमा २,८५७ जना रहेका छन् । जसमा प्रदेश नं १ मा १७० जना, प्रदेश नं २ मा ९४३ जना, बाग्मती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश नं ५ मा ९६१ जना, कर्णाली प्रदेशमा ५६७ जना र सुदूरपश्चिम प्रदेशमा ९१ जना गरी २,८५७ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै आज रेडजोनमा १ जना थपिएका छन् । उनी दोलखाका हुन् । यो सँगै हालसम्म रेडजोन (संभावित संक्रमित) मा पर्नेहरु ४६९ जना पुगेका छन् ।

आज एकैदिन ३२३ जना कोरोनाका नयाँ संक्रमित भेटिए
नेपालमा आज एकैदिन ३२३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामी भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार आज संक्रमित हुनेमा विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पृष्टि भएको छ । उनीहरुमा मोरङ सुनवर्सी र बुद्धिगंगा गाउँपालिकाका १८ देखि २३ वर्षीय पुरुष र भोक्राहाका २४ र ३५ वर्षीया महिला तथा ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै कोशी प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरी बोडे बसाईका ५० वर्षीय पुरुषमा संक्रमण भेटिएको छ ।
भरतपुर राष्ट्रिय पंक्षी अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी विनय त्रिवेणी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखि २७ वर्षीय ३ पुरुष रहेका छन् ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु बाँके नेपालगन्ज, बैजनाथ र खजुराका १२ जना रहेका छन् । जसमा २३ र ४१ वर्षीया २ महिला, ४ वर्षे बालक सहित ३८ वर्ष उमेर समुहका जना पुरुष रहेका छन् ।
त्यस्तै बर्दिया राजापुर, मधुवन, गुलरिया, बडैया ताल र वासगढका २८ जना रहेका छन् । उनीहरुमा १५ वर्षीया एक महिला र १५ देखि ६० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कास्की रुपा ५ र ७ घर भई पोखरा २७ को क्वारेन्टाइनमा रहेका का २३ देखि ५९ वर्षीय ३ पुरुष, स्याङजा वालिङ नगरपालिका र हरिनाश गाउँपालिकाका क्वारेन्टाइनमा रहेका १६ देखि ५४ वर्षीय १० जना र बाग्लुङ ताराखोलाको क्वारेन्टाइनमा रहेका ३९ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा सुनसरी धरानका ३० वर्षे पुरुष, सप्तरी बालनबेहुलका २ वर्षीया १ बालिका, २७ वर्षीया १ महिला, २ वर्षीय बालक र ४० वर्ष उमेर समुहका ५ जना पुरुष रहेका छन् ।

सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा बझाङ खप्तड छान्नाको क्वारेन्टाइनमा रहेका ४० वर्षका २ महिला र २५ देखि ७० वर्षीय ४ पुरुष गरी ६ जना रहेका छन् । साथै कन्चनपुर महाकालीका ३८ वर्षे पुरुष, कन्चनपुरमै रहेका काठमाण्डौंका १८ र ३८ वर्षीय पुरुष, अछाम मंगलसेनको क्वारेन्टाइनमा रहेका ५२ वर्षीया महिला, कैलाली धनगढीको गोदावरी क्वारेन्टाइनमा रहेका ४१ र ५५ वर्षीय २ पुरुष र डडेल्धुरा नवदुर्गा क्वारेन्टाइनमा रहेका २१ वर्षीया महिला रहेकी छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेख महावुका मात्रै ४३ जना रहेका छन् । जसमा एक १८ महिने बालिका १९ देखि ६० वर्ष उमेर समुहका १० जना महिला, ५ महिने बालक र ४९ वर्ष उमेर समुहका ३३ जना पुरुष रहेका छन् । साथै डोल्पा जगदुल्लाका ५८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल पुशपंक्षी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेख दुल्लुका १७ देखि ३९ वर्ष उमेर समुहका ४ पुरुष, सुर्खेत पंचपुरी नगरपालिका, दुर्गाकोट र भेरीगंगाका १७ देखि ५१ वर्षीय १० जना पुरुष रहेका छन् ।

त्यस्तै जाजरकोट भेरी नगरपालिका र बारकोट गाउँपालिकाका ३३ वर्षीया महिला र १९ देखि ५२ वर्षीय ३ जना पुरुष गरी जम्मा ४ जना, सल्यान बनगार्ड कुपिण्डेका ३८ जना रहेका छन् । जसमा २१ वर्षका २ महिला र १४ देखि ५७ वर्ष उमेर समुहका ३६ जना पुरुष रहेका छन् ।

त्यसैगरी रुपन्देही प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अर्घाखाँचीका ५० वर्षीय पुरुष, कपिलवस्तु विजयनगरको क्वारेन्टाइनमा रहेका ११ जनामा १९ देखि ५० वर्षीय पुरुष रहेका छन् । साथै नवलपरासी सुस्ताको क्वारेन्टाइनमा रहेका २ जना २५ वर्षीय पुरुष र रुपन्देहीको रोहिणी र सुद्धोदन गाउँपालिकाका १९ देखि ३८ वर्षीय ५ जना पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा भक्तपुर कमल विनायककी ३१ वर्षीया महिला, धनुषा देउपुरा क्वारेन्टाइनमा रहेका ८ जना १९ र ३४ वर्षे पुरुष, कपिलवस्तु महाराजगन्जका ३९ जना रहेका छन् । उनीहरुमा एक ६ महिने बालिकासहित ५५ वर्षीय उमेर समुहका ६ महिला, ४ वर्षे बालकसहित ५३ वर्ष उमेर समुहका ३१ जना पुरुष रहेका छन् ।
त्यस्तै काठमाण्डौं महानगरका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरुष, महोत्तरी गौशाला जलेश्वर मटिहानी र सोनामाको क्वारेन्टाइनमा रहेका ३५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा २२ वर्षीया एक महिला, ११ वर्षीय एक बालक र ५२ वर्ष उमेर समुहका ३४ जना पुरुष रहेका छन् ।

रौतहट इशनाथका २ महिला र ४ पुरुष गरी ६ जना तथा सर्लाही रामनगर र इश्वरपुरका १६ देखि ३८ वर्ष उमेर समुहका २७ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

आज पुष्टि भएका ३२३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३,२३५ पुगेको छ । जसमा ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन् ।

अहिलेसम्म कुन प्रदेशमा कति संक्रमित भेटिए त ?
नेपालमा हालसम्म सातै प्रदेशका ७० जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमा प्रदेश नं १ का १२ जिल्लाका २४९ जना, प्रदेश नं २ का ८ जिल्ला (सबैं जिल्ला) १,०७७ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ९० जना, गण्डकी प्रदेशका ९ जिल्लाका ७३ जना, प्रदेश नं ५ का ११ जिल्लाका १,०६१ जना, कर्णाली प्रदेशका ९ जिल्लाका ५७९ जना (आज थपिएको जिल्ला डोल्पा ..) र सुदूरपश्चिम प्रदेश सबै जिल्लाका १०६ जना गरी २,८५७ जना रहेका छन् । उनीहरुमा आजसम्म ३६५ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

आज ३२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ३६५ पुग्यो
। नेपालमा पछिल्लो २४ घण्टामा ३२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनालाई जितेर घर फर्कनेमा जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत १५ जना रहेका छन् । धनुषा, सर्लाही, झापा र महोत्तरीका उनीहरु १ महिला सहित १८ देखि ४५ वर्ष उमेर समुहका १४ जना पुरुष रहेका छन् । उनीहरु १२ देखि १७ दिनको उपचारपछि डिस्चार्ज भएका हुन् ।

त्यसैगरी सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेमा उपचार गराइरहेका गुल्मीका २३ र ३५ वर्षीया २ महिला र २ पुरुष गरी ४ जना डिस्चार्ज भएका छन् । उनीहरु १५ देखि १७ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना पनि निको भएर घर फर्किएका छन् । बैतडी र अछामका उनीहरु ११ देखि ३८ वर्ष उमेर समुहका छन् । जसमा १ महिला र ५ पुरुष रहेका छन् । उनीहरु ११ देखि १४ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् ।
त्यसैगरी सुर्खेत अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सुर्खेतका १६ देखि ३६ वर्ष उमेरका ६ जना पुरुष र मुगुकी ३५ वर्षीया महिला रहेका छन् ।

आज डिस्चार्ज भएका ३२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३६५ पुगेको छ । उनीहरुमा २९९ जना पुरुष र ६६ जना महिला रहेका छन् ।

कुन प्रदेशमा कति डिस्चार्ज भएत ?
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३६५ मुक्त भएका छन् । प्रदेश नं १ मा ७९ जना, प्रदेश नं २ मा १३३ जना, बाग्मती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं ५ मा ९६ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी ३६५ संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो
नेपालमा आज २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पुष्टि भएकामा डोल्पा र धनगढीका २ जना रहेका छन् ।

सेति प्रादेशिक अस्पतालमा किड्नीको डाइलोसिस गराउन आएकी धनगढी ४ की ५५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।
जेठ २३ गते सेति अस्पतालमा डाइलोसिसका लागि आएकी उनको शुक्रबारै दिउसो १२ बजे डाइलोसिसको क्रममै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणको कुनैपनि लक्षण नदेखिएको उनको अस्पतालको प्रयोगशालामै गरिएको पिसीआर परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

त्यस्तै डोल्पाको जगदुल्लाका ५८ वर्षीय पुरुषको पनि जेठ २१ गते रातको २ बजे मृत्यु भएको छ । उनी सुर्खेतबाट जेठ १६ गते डोल्पा गएका थिए । १८ गते डोल्पाको क्वारेन्टाइनमा बसेका उनको २१ गते मृत्यु भएको हो । उनमा दमको समस्या भएको बताइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको श्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट उनको मृत्यु भएसँगै उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली डोल्पा जान लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

जेठ २१ र २३ गते धनगढी र डोल्पाका २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसअघि सुर्खेतको पंचपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवाको जेठ २२ गते (विहिबार) बिहान मृत्यु भएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोनाको नमुना परीक्षणमा शुक्रबार (जेठ २३ गते) विहान रिर्पोट पोजेटिभ आएको थियो ।

त्यस्तै जेठ २२ गते पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

त्यस्तै (जेठ २०) पनि दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्ट्रोक भएर जेठ १३ गते काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएर अप्रेसन गरिएका उनमा जेठ १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

बाजुराकी २ वर्षीया बालिका, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवा, अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवा,(जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुष, त्यस्तै जेठ ४ गते मृत्यु भएका विराटनगरका ७० वर्षीय पुरुष, जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षक, जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवा र जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपालमा शुक्रबारसम्म ८८ हजार बढी पिसीआर परीक्षण, २,९१२ जना कोरोना संक्रमित, ११ को मृत्यु र क्वारेन्टाइनमा १ लाख ६६ हजार बढी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा