back
CTIZAN AD

नेपाल फर्किन चाहने नेपाली विद्यार्थीहरुको आंकडा संकलन गर्दै एनआरएनए

वि.सं.२०७७ जेठ २४ शनिवार

1.1K 

shares

गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली विद्यार्थीहरुको आंकडा संकलन कार्य सुरु गरेको छ। अध्यक्ष्य कुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

यसकार्यको पहिलो चरणमा नेपाली विद्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको कुरा संघका उपाध्यक्ष्य मन केसीले बताए । उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय समितिहरुमार्फत गरिने योजना रहेको छ। यस सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनु पर्ने नभई बस्तुस्थितीको जानकारी मात्र भर्नुपर्नेछ । तिन मिनटमा सकिने यो बिस्वब्यापी सर्वेक्षण सक्दो मात्रामा बढीसे बढी प्रभावित बिध्यार्थीहरुले भाग लिएपछि अर्कोचरणको योजनालाई सघाउ पुग्ने बताइएको छ।

यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय समितिहरुबाट प्राप्त सूचना र सुझाब संकलन,  सम्बन्धित राजदुताबास एबम बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरुसंगको समन्वयका आधारमा चरण बद्धरुपमा रिपोर्ट नेपाल सरकार एबम अन्य सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कुरा यस कार्यदलका संयोजक संघका उपाध्यक्ष्य मन केसीले जानकारी दिए।
साथै नेपाल बाहिर विद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरिरहेका विद्यार्थीहरुलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरेको छ।

https://www.surveymonkey.com/r/studentsoutsidenepal

अथवा

Home

वि.सं.२०७७ जेठ २४ शनिवार २०:१२ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...