
गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली विद्यार्थीहरुको आंकडा संकलन कार्य सुरु गरेको छ। अध्यक्ष्य कुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।
यसकार्यको पहिलो चरणमा नेपाली विद्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको कुरा संघका उपाध्यक्ष्य मन केसीले बताए । उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय समितिहरुमार्फत गरिने योजना रहेको छ। यस सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनु पर्ने नभई बस्तुस्थितीको जानकारी मात्र भर्नुपर्नेछ । तिन मिनटमा सकिने यो बिस्वब्यापी सर्वेक्षण सक्दो मात्रामा बढीसे बढी प्रभावित बिध्यार्थीहरुले भाग लिएपछि अर्कोचरणको योजनालाई सघाउ पुग्ने बताइएको छ।
यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय समितिहरुबाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एबम बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरुसंगको समन्वयका आधारमा चरण बद्धरुपमा रिपोर्ट नेपाल सरकार एबम अन्य सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कुरा यस कार्यदलका संयोजक संघका उपाध्यक्ष्य मन केसीले जानकारी दिए।
साथै नेपाल बाहिर विद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरिरहेका विद्यार्थीहरुलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरेको छ।
https://www.surveymonkey.com/r/studentsoutsidenepal
अथवा