back
CTIZAN AD

एनआरएनए र शैक्षिक परामर्श ब्यबसायी संघहरु बीच छलफल

वि.सं.२०७७ जेठ २४ शनिवार

948 

shares

बिस्वभरका विभिन्न मुलुकमा अध्ययनका सिलसिलामा रहेका नेपाली विद्यार्थीहरुको वर्तमान अवस्था सम्बन्धमा गैरआवासीय नेपाली संघ(एनआरएनए )को अन्तरास्ट्रिय कार्यसमितिका पदाधिकारीहरु, राष्ट्रिय समन्वय परिसदका अध्यक्षहरु, शैक्षिक परामर्श ब्यबसायी संघका अध्यक्षहरु र अन्य सरोकारवालाहरु बिचमा छलफल सम्पन्न भएको छ।

संघका तर्फबाट बिद्यार्थी सम्बन्धि अन्तरास्ट्रिय कार्यदलका संयोजक उपाध्यक्ष्य मन केसीको आयोजनामा सम्पन्न उक्त छलफलमा अध्यक्ष कुमार पन्तले यस आपदको घडीमा संघले आफ्ना सम्पूर्ण अन्तरास्ट्रिय र राष्ट्रिय संरचनाहरुलाई पूर्णरुपमा परिचालन गरेको जानकारी दिए ।
सूचना संकलन एबम सम्प्रेसन, खाद्यान्न वितरण, कोभिड, मानसिक स्वास्थ्य र घरायसी हिम्सा सम्बन्धि हेल्पलाइन, सरकार एबम अन्य सरोकारवाला निकायहरुसँगको संयोजन लगायतका कार्यमा संघ र यसका सबै तहतप्का नियमित लागि परेको बताए ।

नेपालका शैक्षिक परामर्स ब्यबसायीहरुका तर्फबाट विभिन्न छाता संगठनका अध्यक्ष्य एबम प्रतिनिधिहरुले छलफलमा भाग लिएका थिए ।

ECANअध्यक्ष प्रकाश पाण्डे,  FECON अध्यक्ष युबराज कटवाल, AECA अध्यक्ष परसुराम अधिकारी,AERI Nepal अध्यक्ष विराज शर्मा सिवाकोटी, NECAअध्यक्ष सन्तोष प्याकुरेल, अध्यक्ष मनोज पराजुलीले बस्तुस्थिति विवरण, संस्थाले यो विपदमा गर्दै आएका गतिबिधिसम्बन्धि जानकारी दिदै यस विपदको घडीमा गैरआवासीय नेपाली संघले बिस्वभरका नेपालीहरुमाझ गर्दै आएको योगदानको उच्च मुल्यांकन गरेका थिए ।

गैरआवासीय नेपाली संघका तर्फबाट संघका उपाध्यक्ष्य डा बद्रि केसी, प्रबक्ता डीबि छेत्री, सचिव गौरी जोशी, अस्ट्रेलिया अध्यक्ष केशव कंडेल, अमेरिका अध्यक्ष सुनिल शाह, बेलायत अध्यक्ष्य पुनम गुरुङले आफ्नो देसमा विद्यार्थीहरुको अवस्थाका बारेमा जानकारी दिएका थिए । यसैगरि न्युजिल्यान्डबाट बाबुराजा महर्जन, नेदरल्याण्डबाट महासचिव संघर्ससिल केसी, कतार अध्यक्ष मुहम्मद मुक्तादा, रुस अध्यक्ष शिवमणि भुर्त्याल, केन्या अध्यक्ष्य सुरज डुम्रेले आफ्नो देशमा रहेका बिध्यार्थीहरुको बस्तुस्थितिका बारेमा प्रकाश पारेका थिए ।

छलफल बिसेषगरि विभिन्न देसमा नेपाली अन्तरास्ट्रिय विद्यार्थीहरुका समस्या, वर्तमान बस्तुस्थिति, संघसंस्थाहरुको वर्तमान गतिबिधि, बिद्यार्थी देश फर्किने आबस्यकता, भविस्यमा गर्न सकिने गैरआवासीय नेपाली संघ र छाता संगठनहरु बिच सहकार्यको सेरोफेरोमा केन्द्रित रहेको थियो।

वि.सं.२०७७ जेठ २४ शनिवार २०:०३ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...