
२८ जेठ, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिम र वेस्टइंडिज क्रिकेट टिम बिच जुलाई ८ बाट तिन ३ खेलको टेस्ट श्रृखला सुरु हुन गईरहेको छ । यस श्रृखलामा भाग लिनको लागि वेस्टइंडिज क्रिकेट टिम करिब १ महिना अगाडि नै इंल्याण्ड पुगेको छ ।
श्रृखला सुरु हुनु अघि वेस्टइंडिज क्रिकेटमा सबै खेलाडी र प्रशिक्षकहरुलाई १४ दिन सम्मको लागि क्वारेन्टाइनमा राखिने छ ।
यी दुई टिम बिच हुने खेलमा दर्शकहरुलाई मैदानमा आउन दिइने छैन ।
कोराना भाइरसको महामारीका बिचमा खेलिने यो पहिलो अन्तराष्ट्रिय क्रिकेट खेल हुनेछ ।