२८ जेठ, काठमाडौं । बुधबारको संसद बैठकमा सांसद सरिता गिरीले नेपालीमा सम्बोधन गरेकी छन । प्रधानमन्त्री केमी शर्मा ओलिले सम्बोधन गरिसके पछिको सवाल जवाफमा उनले नेपालीमा सवाल गरेकी थिईन ।
सरिता गिरी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद हुन । उनले संसदमा सम्बोधन गर्दा हिन्दिमा गर्ने गरेकी थिईन । पछिल्लो पटक सिमाको विषयमा बिबादास्पद अभिव्यक्ति दिएर चर्चामा रहेको बेला उनले एककाएक नेपालीमा बोलेपछि सबै जना आश्चार्यमा परेका छन ।
https://www.facebook.com/sansarnewsnepal/videos/575723806694441/?t=3
वि.सं.२०७७ जेठ २८ बुधवार १२:५८ मा प्रकाशित






























