२८ जेठ,बुटवल । कोरोना भाइरसको महामारीका बेला महत्वपूर्ण भूमिका निभाउनु पर्ने चिकित्सक नै अस्पतालमा उपस्थित नभएको भन्दै प्रदेशको सामाजिक मन्त्रालयले सातदिने अल्टिमेटमसहित जवाफ दिन भन्दै पत्र नै काटेको छ ।
प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले सिमा शर्मा नामकी चिकित्सकलाई जवाफ सहित ७ दिनभित्र उपस्थित हुन भन्दै पत्र काटेको हो ।
मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार सुद्धोदन गाउँपालिका अन्तर्गत रहेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कामकाजका लागि खटाईएकी नेपाल स्वास्थ्य सेवा÷ मेडिकल अधिकृत करार पद एनएमसी नम्बर २५८०६७ की चिकित्सक डा. सिमा शर्मा कार्यालयमा अनुपस्थित भएको मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
‘तपाई जस्तो चिकित्सक कोभिड १९ को संक्रमण पहिचान, नियन्त्रण र उपचारमा थप जिम्मेवार हुनुपर्नेमा २०७६÷११÷१८ देखि हालसम्म पनि आफूलाई खटाइएको कार्यालयमा कुनै जानकारी नगराई अनुपस्थिति रहेको व्यहोरा सम्बन्धीत कार्यालयमार्फत् बुभिन आएकोले नेपाल सकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उपदफा ५ बमोजिक तपाईसँग गरिएको करार रद्द गर्न स्वास्थ्य सेवा विभागमा पठाउने व्यहोरा यसै सूचनामार्फत् जानकारी गराइन्छ ।’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ जेठ २८ बुधवार १३:३६ मा प्रकाशित






























