२८ जेठ, काठमाडौँ । भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले भारतीय क्रिकेट टिमलाई अगस्तमा श्रींलका भ्रमणमा जानको लागि अनुुमति दिएको छ ।
कोरोना भाइरसको कारणले गर्दा यी दुई टिम बिच जुनमा हुने भनिएको एकदिवसीय र टि-२० श्रृखला रद्ध भएको थियो ।
बिसीसीआईले भारतीय क्रिकेट टिमलाई अनुमति दिएता पनि भारतीय सरकारले भने भ्रमणको लागि अनुमति दिन बाँकी रहेको छ ।
आधिकारीका अनुसार श्रींलका क्रिकेट र्बोडले यस श्रृखलामा दर्शकहरुलाई मैदान आउनको दिनको लागि स्वास्थ्य र खेल मन्त्रालयसँग कुरा गरिरहेको पनि बताएको छ ।
वि.सं.२०७७ जेठ २९ बिहीवार १२:३३ मा प्रकाशित






























