अहिले विश्व कोरोनाको महामारीसंग जुधिरहेको समयमा सामाजिक दुरी कायम गर्नुनै उत्तम उपाय हो। त्यस्तै लामो समयसम्म भएको बन्दाबन्दिले मानिसहरुमा अहिले मनोसामाजिक असरहरु पनि देखिन थालेका छन्।
यसैमा वियोग र बेवफाईका गीत भन्दा पृथक गएर तपाईहरुलाई मनोरंजन प्रदान गर्न र तपाईको मनोसामाजिक तनाबलाई कम गर्नको लागि गायिका मीना कार्कीको एल्बम सदिक्षा भित्र संग्रहित ‘शिरमा फूल……” सार्वजनिक भएको छ।
वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र कैलाश कठायतको अभिनय रहेको छ । एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोषराज बहाकले गरेका हुन भने छायांकन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहको रहेको छ।
गायिका मीना कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्यकर्मी, र सिनियरनर्स पनि हुन् । उनले एल्बम सदिक्षा भित्रका प्रत्येक गीत म्युजिक भिडियो सहित क्रमशः सार्वजनिक गर्दै जाने जानकारी गराएकी छन् ।
वि.सं.२०७७ जेठ २९ बिहीवार १२:२५ मा प्रकाशित






























