back
CTIZAN AD

इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा दुई वटा क्षेप्यास्त्र प्रहार

वि.सं.२०७७ जेठ २९ बिहीवार

855 

shares

२८ जेठ, काठमाडौँ । इराकी गृह मन्त्रालयले इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा बुधबार दुई वटा कात्युसा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

सुरक्षा व्यवस्था निकै कडा बनाइएको ग्रिन जोनमा मुख्य इराकी सरकारी कार्यालयहरु र अमेरिकी राजदूतावास रहेका छन् ।

उक्त क्षेप्यास्त्र प्रहारबाट भएको क्षतिबारे केही उल्लेख छैन । ग्रिन जोनलाई लक्षित गरी विभिन्न समूहले बेलाबखत क्षेप्यास्त्र र मोर्टार प्रहार गर्ने गरिएको छ ।

बग्दाद र वासिङ्टनबीचको सम्बन्धका साथै इराकमा अमेरिकी फौजको भविष्यका बारेमा बिहीबार रणनीतिक छलफल हुनैलाग्दा यो आक्रमण भएको हो । दुबै देशका उच्च सरकारी अधिकारीहरु वार्ताका लागि इराकमा भेला भएका छन् ।

अमेरिकी ड्रोनले बग्दाद विमानस्थलमा गत जनवरी ३ मा आक्रमण गरेपछि इराक र अमेरिकाबीचको सम्बन्ध तनाबको अवस्थामा छ । उक्त आक्रमणमा इरानी क्वेड सुरक्षाबलका पूर्व कमान्डर कासिम सुलेमानी र इराकी अर्धसैनिक बल हस्द शाबीका उपप्रमुख अबु माहदी अल–मुहान्दिसको मृत्यु भएको थियो ।

वि.सं.२०७७ जेठ २९ बिहीवार १३:३३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...