back
CTIZAN AD

‘तिमी आँट म पुर्याउँला ’ जस्तो भयो मलाई

वि.सं.२०७७ जेठ २९ बिहीवार

1.2K 

shares

म समाजसेवा गर्न मन पराउने मान्छे । जब म कसैलाई सहयोग गर्छु तब सबैभन्दा आनन्दित भएको महसुस गर्दछु । आजसम्म जे जति कामहरु गरेँ, ईमानदार भएरै गरेँ । कर्म गर्दै जाँदा कहिले सफल त कहिले विफल पनि भएकी छु । आज मेरो कर्मप्रतिको लगनशीलता र प्राप्तिको बारेमा केही अनुभूति पोख्दैछु ।

यहीँ जेठ महिनाको २६ गते म बुवाआमाको औषधि किन्न मेडिकल जाँदै थिएँ । बिहादी गाउँपालिकाको कार्यालयमा स्वास्थ्य चौकीको प्रमुख व्यक्तिसँग अचानक भेट भयो । उहाँले केहिदिन अगाडि मैले प्रदान गरेको राहतका विषयमा कुरा गर्न थाल्नु भयो । मेरो नेतृत्वमा सहयोग संकलन गरि राहत स्वरूप रु. ८,००० को खाद्य सामाग्री सहित विहादी गापाको कोषमा रु. १५०० उपलब्ध गराउने वाचा गरेकी थिएँ । भौचर पालिकामा बुझाएर Certificate पाउन सक्छौ भन्दै उहाँले भन्नुभएको थियो ।

म यो कुरा सुनेर निकै खुशी भएँ । तर बिडम्बना मैले तुरुन्तै रु. १५०० कसरी जुटाउने भनेर पिरोलिन थाले । कसैसँग सापट माग्ने साहस आएन । बरु मनमनै कुरा खेलाउन थालेँ । त्यहीँ कुराको चिन्ता लिन थालेको तेस्रो दिन शिक्षा अधिकृतले मेरो First Project को सम्मान एवं पुरस्कार स्वरूप रु. ५००० अकाउन्ट्मा हालिदिएको खबर गर्नुभयो । यो सुन्नासाथ त्यो रु. १५०० वाला समस्या तत्काल सम्झिएँ । कसैसँग सहयोग माग्न नसकेर मनमनै कुरा खेलाएको बेला यो त मेरो लागि भाग्य बनेर चम्कियो ।

‘कर्म गर तर फलको आशा नगर’ भन्ने भनाइबारे म आज छर्लङ्ग भएँ । हामीले राम्रो गर्नसके पनि साथ दिने रहिछन । चुनौतीसंग डराउनु व्यर्थ रहेछ । यो सानो कुराले आज मलाई अझै राम्रो गर्न हौसला दिएको छ । राम्रो गरौं, राम्रो सोचौं । राम्रो हुँदो रहेछ ।

वि.सं.२०७७ जेठ २९ बिहीवार १३:४६ मा प्रकाशित

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...