back
CTIZAN AD

फिफा वरियतामा नेपाल यथावत्

वि.सं.२०७७ जेठ २९ बिहीवार

714 

shares

२९ जेठ, काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७० औँ स्थानमा रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औँ स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलङ्का २०६औँ तथा पाकिस्तान २००औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छ । त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन ।

वि.सं.२०७७ जेठ २९ बिहीवार २१:५६ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...