back
CTIZAN AD

नयाँ नक्सासहितको निशाना छाप सम्बन्धीको संविधान संसोधनको पक्षमा बहुमत

वि.सं.२०७७ जेठ ३१ शनिवार

765 

shares

३१ जेठ, काठमाडौँ । सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सासहितको निशाना छाप सम्बन्धिको संविधान संसोधनको पक्षमा रहेको बहुमत सदस्यले हात उठाएर जनाउ दिएका छन् ।

प्रतिनिधि सभाकोे आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस भनि राखेको प्रस्तावलाई बहुमत सदस्यले हात उठाएर संविधान संसोधनको पक्षमा भएको जनाउ दिएका थिए ।

सभामुख अग्नि सापकोटाले संविधान संसोधनलाई बहमुतले पारित गरेको घोषणा गर्दै संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज गरिदिएका छन् । सभामुख सापकोटाले गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्त विपरीत रहेको भन्दै खारेज गरिएको बताएका थिए ।

नेपालको वास्तविक सिमा लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर हालै सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।

 

वि.सं.२०७७ जेठ ३१ शनिवार १४:०३ मा प्रकाशित

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...