back
CTIZAN AD

राष्ट्रिय सहमतिको विकल्प छैन – प्रचण्ड

वि.सं.२०७७ जेठ ३१ शनिवार

762 

shares

३१ जेठ, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधिसभामा संविधानको दोस्रो संसोधन सर्वसम्मतीले पास भए लगत्तै संबोधन गरेका प्रचण्डले नेपालको भूभागलाई आफ्नो भन्न सकेको विषयलाई लामो प्रयत्नको केन्द्रीकृत अभिव्यक्तिका रुपमा बुझ्नु पर्ने बताएका हुन् ।

गुमेको भूमि फिर्ता लिन दाबि प्रस्ततु गर्ने मुख्य संकल्प आज सार्थक भएको बताउँदै यसका लागि भूमिका खेल्ने नेपाल सरकार, प्रधानमन्त्री, राजनैतिक दलहरु र आम नागरिकलाई बधाई तथा आभार व्यक्त गरेका छन् ।

‘यी मुद्धा कुनै पार्टी विशेष, गुट विशेष र व्यक्ति विशेषको बहादुरी नभएर नेपाली जनताले लामो समयदेखि बनाएको राष्ट्रियताको आन्दोलनको केन्द्रीकृत अभिव्यक्ति हो’ भनेका छन् । उनले लामो समयदेखिको बहस र अभ्यासकै कारण बसैको प्रयासले सम्भव भएको दोहो¥याएका हुन् । ।

नेपालको संसदमा देखिएको अभूतपूर्व एकताले सीमाका अन्य समस्या समाधान गर्न बल पुगेको बताउँदै प्रचण्डले भारतलाईसहित रुपमा बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले नेकपाको बैठकबाटै नक्सा प्रकाशन गर्न सुझाव दिइएको र सबै दलहरुले समर्थन जनाएको पृष्ठभूमिलाई दह्रो एकतामा बदल्न अपिल गरेका छन् ।

वि.सं.२०७७ जेठ ३१ शनिवार १४:२० मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...