back
CTIZAN AD

अमेरिकी तथा चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन खोज्नु विश्वलाई नै घातक हुने विश्लेषण

वि.सं.२०७७ असार ५ शुक्रवार

720 

shares

 “चीनको अर्थतन्त्र विश्वबाट सहजै अलग गर्न सकिने भिन्न जीव होइन बरू सायमिज जुम्ल्याहा हुन जसको सम्बन्ध स्नायु तन्तु, साझा अङ्ग र संयुक्त सञ्चार प्रणालीसँग जोडिएको छ ।”

५ असार, वासिङ्टन । अमेरिकी तथा चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव हुने भन्दै यस्तो कार्यले चीनसँग मात्र नभई विश्वका अन्य मुलुकसँगपनि अमेरिकाको आर्थिक सम्बन्धमा कमी आउने अमेरिकी प्राध्यापकहरूले जनाएका छन् ।

तथाकथित (डिकपलिङ) नीतिले अमेरिकी अर्थतन्त्रलाई कमजोर बनाउने धारणा जर्ज वासिङ्टन विश्वविद्यालयका राजनीति शास्त्र तथा अन्तर्राष्ट्रिय मामिलाविद् प्राध्यापक हेनरी फारेल र जर्जटाउन विश्वविद्यालय एडमण्ड ए. वेल्स स्कूल अफ फरेन सर्भिसका प्राध्यापक अब्राहम न्यूम्यानद्वारा लेखिएको फोली अफ डिकपलिङ चाइना नामक अमेरिकी राजनीतिक पत्रिका ‘फरेन अफियर्स’ एक विश्लेषणात्मक आलेखमा बताएका हुन् ।

उनीहरूले आफ्नो लेखमा भनेका छन्, “चीनमाथिको जोखिमपूर्ण आर्थिक निर्भरतालाई हटाउन चिनियाँ अर्थतन्त्रसँगको सम्बन्धलाई अलग गरिने सोचसहितको असावधानीपूर्ण प्रयासले त्यो मुलुकलाई मात्र होइन कि बाँकि विश्वलाई पनि स्वस्थ र महत्वपूर्ण आर्थिक सम्बन्ध बिस्तार गर्ने बाटोलाई बन्द गरिदिन्छ ।”

उनीहरुले भने, “चीनको अर्थतन्त्र विश्वबाट सहजै अलग गर्न सकिने भिन्न जीव होइन बरू सायमिज जुम्ल्याहा हुन जसको सम्बन्ध स्नायु तन्तु, साझा अङ्ग र संयुक्त सञ्चार प्रणालीसँग जोडिएको छ ।”

ती दुई विज्ञहरूले हुवावे माथिको प्रतिबन्धको उदाहरण दिँदै लेखमा भनेका छन्, “हुवावेको पहुँचलाई अमेरिकी प्रविधिमा प्रतिबन्ध लगाइँदा विदेशी कम्पनीहरूले आफ्नो आपूर्ति सञ्जाललाई गैर–अमेरिकी प्रबिधिमा मिल्नेगरी पुनः संरचना गर्न उद्दत ग¥यो ।”

उनीहरूले भनेका छन्, “अमेरिकामा हुवावेको पहुँचलाई अमेरिकी प्रबिधिमा रोक्ने प्रयासको लाभ, जुन रक्षात्मक होस् वा आक्रात्मक जे भए पनि, यसले चिनिँया प्रतिक्रिया सिर्जना गर्न अग्रसर हुन्छ भन्ने कुरा अमेरिकाले महशुस गरिसकेको छ । यस जोखिम कम गर्न असम्भव देखिएको यस पहिल्यै प्रस्ट भइसकेको छ ।”

लेखमा भनिएको छ, “वैदेशिक व्यवसाय तथा मुलुकहरूले अमेरिकाको अर्थतन्त्रसँगको सम्पर्कलाई सीमित राखी जोखिमलाई कम गर्न सक्ने निर्णय गर्न सक्छन् ।”

चीनलाई अमेरिकी नयाँ आविस्कारसँग अलग गर्दा चीनले अमेरिकी आविश्कारलाई पनि आफ्नो प्रणालीबाट बाहिर पार्ने सम्भावना रहन्छ जसका कारण अमेरिकाको अन्य आविस्कार प्रणालीसँगको पहूँचलाई पनि गुमाउने जोखिम अत्यधिक रहन्छ । (रासस/सिन्ह्वा)

वि.सं.२०७७ असार ५ शुक्रवार ०८:२९ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...