back
CTIZAN AD

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार

वि.सं.२०७७ असार ५ शुक्रवार

717 

shares

५ असार, इस्लामावाद । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजारभन्दा बढी पुगेको छ ।

त्यसैगरी मृत्यु भएकाहरुको सङ्ख्या तीन हजारभन्दा बढी भएको पनि अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार कुल सङ्क्रमित मध्ये ५९ हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा अहिलेसम्म कुल नौ लाख ८२ हजार १२ जनाको कोरोना परीक्षण गरिसकिएको छ । तीमध्ये ३१ हजार ५०० जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको हो । स्वास्थ्य अधिकारीहरूले पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ११८ रहेको जनाएका छन् ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पाकिस्तानमा अहिलेसम्म कुल तीन हजार ९३ जनाको मृत्यु भएको उनीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै सङ्क्रमित पन्जाब प्रदेशमा रहेका छन् । पन्जाबमा अहिलेसम्म ६० हजार १३८ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको सिन्ध प्रान्तमा ५९ हजार ९८३ जना सङ्क्रमित रहेका छन् ।

उनीहरुका अनुसार खैबर पाख्तुख्वामा १९ हजार ६१३ जना, केन्द्रीय राजधानी रहेको इस्लामावादमा नौ हजार ६३७ जना, बालुचिस्तानमा आठ हजार ७९४ जना, गिल्गित बाल्टीस्तानमा एक हजार २१३ जना र पाकिस्तान नियन्त्रीत काश्मिरमा ७४० जना सङ्क्रमित भएका छन् ।

विश्वभरी नै कोरोनाभाइरस विरुद्धको औषधि किटान भइनसकेको भन्दै आफ्नै तरिकाले औषधि सेवन नगर्न पनि सरकारी स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन् । (रासस/पीटीआई)

वि.सं.२०७७ असार ५ शुक्रवार ०८:३३ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...