back
CTIZAN AD

एनआरएनएले पठायो सूदुरपश्चिम प्रदेशलाई २५०० वढी पीसीआर र भिटिएम कीट

वि.सं.२०७७ असार ६ शनिवार

840 

shares

६ असार, धनगढी । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि २ हजार ५ सय पीसीआर कीट उपलब्ध गराएको छ ।

गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा एनआरएन अभियन्ता हिक्मत थापा तथा ह्युमानिटी फाउण्डेसन नेपालको पहलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय पीसीआर किट र सोही संख्यामा भिटिएम हस्तान्तरण गरेको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी निर्देशक राजेश रानाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा आजमन्त्री भट्टलाई पीसीआर कीट र भिटिएम हस्तान्तरण गरेका हुन् ।

एनआरएनए अभियन्ता तथा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अफ्रिकाबाट अगुवाई गरिरहेका थापा र ह्युमानिटी फाउण्डेसनको समन्वयमा मन्त्री भट्ट र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तबीच पटकपटक भएको संवादपछि एनआरएनएले सुदूरपश्चिमका लागि पीसीआर किट र भिटिएम पठाएको हो ।

किट हस्तान्तरणका क्रममा मन्त्री भट्टले एनआरएनबाट प्राप्त पीसीआर किटमा सरकारका तर्फबाट केही किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउन स्वास्थ्य मन्त्रीसंग आग्रह गरेको बताएका छन् ।

वि.सं.२०७७ असार ६ शनिवार १६:११ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...