
७ असार, काठमान्डौं । बाग्लुङमा पछिल्लोपटक कोरोना संक्रमित थपिँदै गएपछि गल्कोट नगरपालिका एकसाताका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।
नगरपालिकाको अत्यावस्यक सेवा (बिरामी, औषधि पसल, बीउबिजन तथा दाना) बाहेकका सम्पूर्ण व्यापार व्यवसाय तथा सरकारी साधनहरु असार ७ गतेदेखि एकसाताका लागि पूर्णरुपमा बन्द गरिने नगरपालिकाले निर्णय गरेको सूचना जारी गरेको छ ।
‘कोभिड– १९ को संक्रमण हालसम्म बिशेष गरी छिमेकी मुलुक भारतबाट आएका क्वारेन्टिनमा बसेका नागरिकमा मात्र देखिएको छ यसलाई सामाजिक स्तरमा फैलन नदिन हामी सबैले सामाजिक दूरी कायम गरी सजगता अपनाउन जरुरी छ ।’ नगरपालिकाद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।
नगरपालिकाले व्यापार व्यवसाय, सवारी साधन र आवतजावतलाई स्वतस्र्फुत ढंगले पूर्णरुपमा बन्द गरेर नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सहयोग गर्न समेत नगरबासीमा अनुरोध गरेको छ ।
गल्कोट नगरपालिकामा हालसम्म २४ जना संक्रमण पुष्टि भएको छ ।