back
CTIZAN AD

कोरोना संक्रमित थपिँदै गएपछि गल्कोट नगरपालिका एकसाताका लागि बन्द

वि.सं.२०७७ असार ७ आइतवार

738 

shares

७ असार, काठमान्डौं । बाग्लुङमा पछिल्लोपटक कोरोना संक्रमित थपिँदै गएपछि गल्कोट नगरपालिका एकसाताका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

नगरपालिकाको अत्यावस्यक सेवा (बिरामी, औषधि पसल, बीउबिजन तथा दाना) बाहेकका सम्पूर्ण व्यापार व्यवसाय तथा सरकारी साधनहरु असार ७ गतेदेखि एकसाताका लागि पूर्णरुपमा बन्द गरिने नगरपालिकाले निर्णय गरेको सूचना जारी गरेको छ ।

‘कोभिड– १९ को संक्रमण हालसम्म बिशेष गरी छिमेकी मुलुक भारतबाट आएका क्वारेन्टिनमा बसेका नागरिकमा मात्र देखिएको छ यसलाई सामाजिक स्तरमा फैलन नदिन हामी सबैले सामाजिक दूरी कायम गरी सजगता अपनाउन जरुरी छ ।’ नगरपालिकाद्धारा आइतबार जारी सूचनामा भनिएको छ ।

नगरपालिकाले व्यापार व्यवसाय, सवारी साधन र आवतजावतलाई स्वतस्र्फुत ढंगले पूर्णरुपमा बन्द गरेर नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सहयोग गर्न समेत नगरबासीमा अनुरोध गरेको छ ।

गल्कोट नगरपालिकामा हालसम्म २४ जना संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ असार ७ आइतवार १२:२२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...