back

आइटिएफ तेक्वान्दो : पाँचवटै स्वर्ण सेनालाई

वि.सं.२०७३ पुस १२ मंगलवार

714 

shares
IME Limited
NTC AD

१२ पुस, झापा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

सेनाका लागि स्पाइरिङअन्तर्गत ४६ किलोदेखि ५० किलो तौलमा रुविना खड्का, ५१ किलोदेखि ५५ किलो तौलमा रिता धिमाल, ५६ किलोदेखि ६० किलो तौलमा तुलसा राजथला, ६१ किलोदेखि ६५ किलो तौलमा सिर्जना राई तथा ६५ किलो बढी तौलमा वसन्ती बुढामगरले स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा पूर्वाञ्चलका दिलन राईले स्वर्ण पदक प्राप्त गर्नुभयो । स्पाइरिङअन्तर्गत महिलातर्फ ४६ किलोदेखि ५० किलो तौलमा मध्यमाञ्चलका पूजा खुलाल मगरले रजत तथा मध्यमाञ्चलकै सुशीला गुरुङ र सुदूरपश्चिमाञ्चलका पूजा शाहीले कास्य पदक प्राप्त गर्नुभयो । ५१ किलोदेखि ५५ किलोतर्फ पश्चिमाञ्चलका शर्मिला महतले रजत तथा सशस्त्र प्रहरीका सञ्चीता लामा र मध्यमाञ्चलका श्वेता राईले कास्य पदक प्राप्त गर्नुभयो ।

यसैगरी ५६ किलोदेखि ६० किलो तौलमा मध्यपश्चिमाञ्चलका मेनुका बुढामगरले रजत तथा सुदूरपश्चिमाञ्चलका सविना उराउ र पश्चिमाञ्चलका सीमा खासुले काश्य पदक जित्नुभयो । ६१ किलोदेखि ६५ किलो तौलमा पश्चिमाञ्चलका उमिसा घर्तीमगरले रजत तथा मध्यपश्चिमाञ्चलका किरण यादव र मध्यमाञ्चलका उमा घलेले काश्य पदक जित्नुभयो । ६५ किलो बढी तौलमा पूर्वाञ्चलका अनामिका राईले रजत तथा पश्चिमाञ्चलका कामना पुन र सुदूरपश्चिमाञ्चलका सुजता सिजापतीले काश्य पदक जित्नुभयो ।
यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा सेनाका गेदबहादुर बस्नेतले रजत तथा पश्चिमाञ्चलका राजन रसाइली र मध्यमाञ्चलका निमेश थापाले काश्य पदक जित्नुभयो ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०३:२९ मा प्रकाशित

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन...

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा...

आज नेपाल र स्कटल्यान्ड भिड्दै

आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपालले आज...

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...