back
CTIZAN AD

आइटिएफ तेक्वान्दो : पाँचवटै स्वर्ण सेनालाई

वि.सं.२०७३ पुस १२ मंगलवार

1.1K 

shares

१२ पुस, झापा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

सेनाका लागि स्पाइरिङअन्तर्गत ४६ किलोदेखि ५० किलो तौलमा रुविना खड्का, ५१ किलोदेखि ५५ किलो तौलमा रिता धिमाल, ५६ किलोदेखि ६० किलो तौलमा तुलसा राजथला, ६१ किलोदेखि ६५ किलो तौलमा सिर्जना राई तथा ६५ किलो बढी तौलमा वसन्ती बुढामगरले स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा पूर्वाञ्चलका दिलन राईले स्वर्ण पदक प्राप्त गर्नुभयो । स्पाइरिङअन्तर्गत महिलातर्फ ४६ किलोदेखि ५० किलो तौलमा मध्यमाञ्चलका पूजा खुलाल मगरले रजत तथा मध्यमाञ्चलकै सुशीला गुरुङ र सुदूरपश्चिमाञ्चलका पूजा शाहीले कास्य पदक प्राप्त गर्नुभयो । ५१ किलोदेखि ५५ किलोतर्फ पश्चिमाञ्चलका शर्मिला महतले रजत तथा सशस्त्र प्रहरीका सञ्चीता लामा र मध्यमाञ्चलका श्वेता राईले कास्य पदक प्राप्त गर्नुभयो ।

यसैगरी ५६ किलोदेखि ६० किलो तौलमा मध्यपश्चिमाञ्चलका मेनुका बुढामगरले रजत तथा सुदूरपश्चिमाञ्चलका सविना उराउ र पश्चिमाञ्चलका सीमा खासुले काश्य पदक जित्नुभयो । ६१ किलोदेखि ६५ किलो तौलमा पश्चिमाञ्चलका उमिसा घर्तीमगरले रजत तथा मध्यपश्चिमाञ्चलका किरण यादव र मध्यमाञ्चलका उमा घलेले काश्य पदक जित्नुभयो । ६५ किलो बढी तौलमा पूर्वाञ्चलका अनामिका राईले रजत तथा पश्चिमाञ्चलका कामना पुन र सुदूरपश्चिमाञ्चलका सुजता सिजापतीले काश्य पदक जित्नुभयो ।
यस्तै स्पाइरिङ पुरुषतर्फ ६१ किलोदेखि ६५ किलो तौलमा सेनाका गेदबहादुर बस्नेतले रजत तथा पश्चिमाञ्चलका राजन रसाइली र मध्यमाञ्चलका निमेश थापाले काश्य पदक जित्नुभयो ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०३:२९ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...