back
CTIZAN AD

विरोधीलाई फकाउन मन्त्रीको अफर दिँदै ओली

वि.सं.२०७७ असार ८ सोमवार

717 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को विषयमा सत्तारुढ नेकपाभित्र विवाद बढ्दै गएको छ । एमसीसीबारे अध्ययन गर्न बनेको कार्यदलको निष्कर्ष विपरित प्रधानमन्त्री केपि शर्मा ओलीले एमसीसी संसदबाट पारित गराउने गृहकार्य गरेसँगै विवाद बढ्दै गएको हो । यसबीच पार्टीभित्र विवाद बढ्दै गएपनि ओली भने एमसीसी जसरी पनि पारित गराउने रणनीतिमा लागेका छन् । उनले एमसीसी पास गराउन पार्टीका विराेधीलाई व्यवस्थापन गर्ने र आवश्यक परे प्रतिपक्षीसँग पनि सहकार्य गर्ने रणनीति अघि सारेका छन् ।

प्रतिपक्षीसँग मिलेरै भएपनि एमसीसी पास गराउने रणनीति

प्रधानमन्त्री ओली एमसीसीलाई जसरी पनि पास गराउनु पर्ने लाइनमा देखिएका छन् । पार्टीभित्र सहमती नभएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर भए पनि एमसीसी पारित गराउने रणनीतिमा उनी छन् । स्रोतले जनाएअनुसार आफुँ निकटका नेतालाई एमसीसीलाई चाँडै नै टुंग्याउनु पर्ने भन्दै गृहकार्यमा जुट्नसमेत निर्देशन दिईसकेका छन् ।

पार्टी सचिवालय बैठक र सार्वजनिक मिडियामा पनि एमसीसी संसदको विषय भएको बताउँदै आएका उनले पार्टीलाई छलेरै भएपनि संसदबाट पास गराउने रणनीति अघि सारेका छन् । स्रोतले जनाएअनुसार ओलीले संसदमा एमसीसीको पक्षमा ह्वीप लगाउन संसदीय दलका उपनेता सुवासचन्द्र नेवांङ्गलाई जिम्मेवारी दिएका छन् ।

वामदेव गौतम, भीम रावल र डा. सुरेन्द्र पाण्डेलाई मन्त्री बन्न अफर

ओलीले प्रधानमन्त्रीको जिम्मेवारी लिएसँगै विरोधीलाई तह लगाउन पद दिएर व्यवस्थापन गर्दै आएका छन् । पार्टीभित्र आफ्नो कडा विरोध गर्ने योगेश भट्टराई र घनश्याम भुसाललाई उनले यसअघि नै मन्त्रीको जिम्मेवारी दिएका थिए ।

पछिल्लो समय ओलीले आफ्नो कडा विरोध गर्दै आएका पार्टी उपाध्यक्षसमेत रहेका वामदेव गौतम, नेता भीम रावल र डा.सुरेन्द्र पाण्डेलाई मन्त्रीको अफर गरेको कुरा यसअघि नै बाहिरिएको थियो ।

मन्त्रीको अफर पाएका वामदेवले केहि दिन अघि मात्रै प्रेस नोटमार्फत ओलीको कार्यशैलीमाथि गम्भिर प्रश्न उठाएका थिए । उनले ओलीको विश्वास गर्न नसकिने भन्दै आफुँ ओलीको पक्षमा नरहेको कुरा स्पष्ट बनाएका थिए ।

ओलीले प्रधानमन्त्रीको जिम्मेवारी लिएसँगै विरोधीलाई तह लगाउन पद दिएर व्यवस्थापन गर्दै आएका छन् । पार्टीभित्र आफ्नो कडा विरोध गर्ने योगेश भट्टराई र घनश्याम भुसाललाई उनले यसअघि नै मन्त्रीको जिम्मेवारी दिएका थिए । पछिल्लो समय ओलीले आफ्नो कडा विरोध गर्दै आएका पार्टी उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतम, नेता भीम रावल र डा.सुरेन्द्र पाण्डेलाई मन्त्रीको अफर गरेको कुरा यसअघि नै बाहिरिएको थियो ।

मुख्यमन्त्रीसमेत परिवर्तन गर्ने रणनीतिमा

ओलीले यसअघि विवाद चर्किदैं गर्दा माधवकुमार नेपाल पक्षलाई केहि मुख्यमन्त्री र मन्त्रीको जिम्मेवारी दिने अफर गरेका थिए । एमसीसी जसरी पनि पास गराउने रणनीतिमा देखिएका उनले पछिल्लो पटक पनि मन्त्रिमण्डल पुर्नगठन र मुख्यमन्त्रीहरु परिवर्तनसम्मको योजना अघि सारेको स्रोतले जनाएको छ ।

मन्त्री र मुख्यमन्त्री हेरफेरबारे ओलीले शुक्रबार साँझ उनले ईश्वर पोखरेल, प्रदिप ज्ञवाली र युवराज खतिवडासँग छलफल गरेका थिए । जनाइएअनुसार मन्त्री र मुख्यमन्त्री फेरबदलबारे उनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमडी पौडेल र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग पनि छलफल गरेका थिए ।

स्रोतले बताएअनुसार स्थायी समितिको बैठक अघि नै मन्त्रिमण्डल पुर्नगठन र मुख्यमन्त्रीहरु परिवर्तनको विषयमा अन्तिम छलफल गर्नेछन् ।

सम्बन्धित समाचार

एमसीसी कै कारण घेराबन्दीमा परे ओली, सत्ता जोगाउनै कठिन बन्दै

वि.सं.२०७७ असार ८ सोमवार १७:०१ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...