back
CTIZAN AD

कोरोना संक्रमितको उपचारमा खटिएका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

वि.सं.२०७७ असार ८ सोमवार

741 

shares

८ असार, सुर्खेत । कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पताल प्रशासनका अनुसार क्वारेन्टिनमा बसेका ४२ जना स्वास्थ्यकर्मीको पिसिआर विधिबाट गरिएको परीक्षणबाट पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो ।

गत जेठ ३१ र ३२ गते आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुई र सुर्खेतका एक जना बिरामीमा कोरोना पोजेटिभ देखिएको थियो । ती बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टिनमा थिए । उनीहरुलाई हाल प्रदेश अस्पतालकै आइसोलेशन कक्षमा राखिएको छ ।

पोजेटिभ देखिएकामध्ये चार जना प्रयोगशाला तथा एक जना भने एक्स-रे कक्षमा कार्यरत हुन् । अस्पतालका निर्देशक खड्काले स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि केही घण्टा सिल गरिएको आकस्मिक सेवा भने हाल सञ्चालन भइसकेको बताए । कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । रासस

वि.सं.२०७७ असार ८ सोमवार २०:४८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...