११ असार, काठमाण्डौं । वर्षासँगै परेको चट्याङ लागेर विहिबार ६ जनाको मृत्यु भएको छ ।
अविरल वषासँगै परेको चट्याङ लागेर विहिबार ४ महिला र २ पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका २ का बुद्ध घिसीङको १७ वर्षीया छोरी सम्झना घिसीङ र आशालाल घिसीङ र २५ वर्षीया श्रीमती विना घिसीङको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सम्झनाको घरमै बसेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको पनि स्थानीय किसानको गुनासो छ ।
सप्तरीमा ४ को मृत्यु
यसैगरी सप्तरीमा चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका-२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिए ।
यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका बेल्ही चपेनका ४५ वर्षीय केसी साहको पनि आज नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
राजगढ गाउँपालिका बेल्ही चपेनामा आफनो आँगंनमा काम गरिरहेको अवस्थामा १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन् । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस