-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

आज शुक्रबार (असार १२ गते), हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?



मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ । अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
सहयोगीहरूले साथ नदिए पनि केही काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै प्रतिफल पाइनेछ । नयाँ काममा हात हाल्ने समय छ । कृषिकर्म र व्यावसायिक कामको योजना अघि बढ्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ, दोहोर्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । केही विवादास्पद जिम्मेवारी आउन सक्छ । तर मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। तारिफयोग्य कामले समाजमा लोकप्रियता दिलाउन सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परोपकारी भावना जागृत हुनाले तारिफयोग्य कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन् । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ । खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला । कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
द्वेष तथा ईर्ष्या गर्नेहरूले दुःख दिए पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

वि.सं. २०७७ असार १२ शुक्रवार (इ.स. २०२० जुन २६)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज विहिबारको राशिफल, आज यी राशिका हुनेछन् लाभान्वित


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको