
१६ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामा तनहुँ व्यास नगरपालिकाका २०, २० र ३२ वर्षीय परुष र ३७ र २७ वर्षीया २ महिला गरी ५ जना र स्याङजा पुतली बजार नगरपालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी लम्जुङ बेशिसहर नगरपालिकाका १९ वर्षीय महिला, मस्र्याङदी नगरपालिकामा ३८ वर्षीया महिला, मध्येनेपाल नगरपालिकाका २० वर्षीया महिला गरी ३ जना र कास्कीको मादी नगरपालिकाका ४२ वर्षीय पुरुष, पोखरा महानगरपालिकाका ३९, ५३, ३५, ३०, ३० र ३६ वर्षीय पुरुष र २७ वर्षीयम महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमित ९६६ जनामध्ये २१४ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।