back
CTIZAN AD

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६६ पुग्यो

वि.सं.२०७७ असार १६ मंगलवार

831 

shares

१६ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामा तनहुँ व्यास नगरपालिकाका २०, २० र ३२ वर्षीय परुष र ३७ र २७ वर्षीया २ महिला गरी ५ जना र स्याङजा पुतली बजार नगरपालिकाका ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी लम्जुङ बेशिसहर नगरपालिकाका १९ वर्षीय महिला, मस्र्याङदी नगरपालिकामा ३८ वर्षीया महिला, मध्येनेपाल नगरपालिकाका २० वर्षीया महिला गरी ३ जना र कास्कीको मादी नगरपालिकाका ४२ वर्षीय पुरुष, पोखरा महानगरपालिकाका ३९, ५३, ३५, ३०, ३० र ३६ वर्षीय पुरुष र २७ वर्षीयम महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमित ९६६ जनामध्ये २१४ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

वि.सं.२०७७ असार १६ मंगलवार ०९:०३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...