
काठमाडौं । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । नेकपा स्थायी समिति बैठक बसिरहेको बेला आयोगमा निवेदन परेको हो । दल दर्ताको लागि निवेदन परेको कुरा निर्वाचन आयोगले समेत पुष्टी गरेको छ ।
जानकारीअनुसार झापाकी सन्ध्या तिवारीको नामबाट निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन परेको छ ।
दल दर्ताको लागि निवेदन परेको जानकारी पाएसँगै जारी स्थायी समिति बैठकमा दल दर्ताको विषयले प्राथमिकता पाएको थियो । पूर्वनिर्धारित एजेण्डामा छलफल चलिरहेको बेला नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्यासित रुपमा आएको उक्त विषयबारे छलफलको लागि प्रस्ताव गरेका थिए । प्रचण्डले दल दर्ता गर्ने तिवारी को हुने र उनले किन दर्ताको लागि निवेदन दिईन भनेर प्रचण्डले प्रश्न सोधेका थिए ।
निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ । नेकपा स्थायी समिति बैठक बसिरहेको बेला आयोगमा निवेदन परेको हो । जानकारीअनुसार झापाकी सन्ध्या तिवारीको नामबाट निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निवेदन परेको छ ।
तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए ।
श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए ।