back
CTIZAN AD

लामा र गिरी क्यान सदस्यमा सिफारिस

वि.सं.२०७७ असार १७ बुधवार

786 

shares

१७ असार, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो ।

लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ । दुवै जनालाई राखेपले मङ्गलबार आधिकारिक पत्र प्रदान गरेको छ । लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताए । उनले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख गरे । लामासित क्यानका पूर्वअध्यक्ष टङ्क आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । उनले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरेका थिए । लामा पोखरा प्रिमियर लिग (पिपीएल)को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशकसमेत रहेको थिए ।

यस्तै अर्का मनोनित सदस्य गिरी मदन मण्डारी स्पोर्ट्स फाउण्डेशनको क्रिकेट विभागका उपाध्यक्ष हुन । राखेपले यही असार १० गतेको सदस्यसचिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७७ असार १७ बुधवार १०:२५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...