-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

जीवनरक्षा गरिपाउँ भन्दै पत्रकार पत्नीले लेखिन् प्रधानमन्त्रीलाई यस्तो खुल्ला पत्र



लामो समयदेखि दुवै मिर्गौला रोगले थला परेका साहित्यकार तथा पत्रकार विजय पोखरेल (बिके पाल्पाली) की पत्नी  रेणुका भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई खुलापत्र लेखेकी छन् ।

विगत ७ वर्षदेखि दुवै मिर्गौलामा समस्या भएर उपचार गराउँदै आएका पाल्पालीकी पत्नी रेणुका भट्टराईले श्रीमानलाई नयाँ जीवन दिन आफै मिर्गौला दिन तयार भएको अवस्थामा आफू मधुमेहले थलिएको र छोरी समेत डिप्रेशनको सिकार भएको अवस्थामा परिवारै थलिएको बताउँदै पत्रकार पाल्पालीको जीवन रक्षाका लागि अनुरोध गरेकी छन् ।

आफूले मिर्गौला दिन नमिलेको अवस्था र मिर्गौला दिन तयार भएका परिवार बाहिरका व्यक्तिका लागि कानुन अड्चन भएको भन्दै उक्त अड्चनलाई फुकाइ पाउ भन्ने प्रधानमन्त्री समक्ष अनुरोध समेत गरेकी छन् ।

‘अंगदान सम्वन्धी कानून संशोधन गरी मृत्यु पर्यन्त हैन स्वेच्छाले अंग दान गर्न चहानेका लागि कानूनी बाटो खुलाउनु पर्दछ ।’ भट्टराईले लेखेकी छन् ।

यस्तो छ भट्टराईको खुलापत्र

सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रीको कार्यालय,
सिंहदरवार काठमाडौं नेपाल ।

विषय जीवनरक्षा गरिपाउँ ।

महोदय,
उपरोक्त सम्वन्धमा मेरा श्रीमान् साहित्यकार तथा पत्रकार विजय पोखरेल (बी.के.पाल्पाली) विगत ७ वर्षदेखि मिर्गौलामा समस्या देखा परि उपचार गराई रहनुभएको छ । हाल उहाँ डायलासिस गरेर जीवन लम्ब्याइरहनु भएको जानकारी गराउन चाहन्छु । सम्माननीय प्रधानमन्त्री ज्यू, उहाँको हालसम्म पनि मिर्गौला फेर्ने अवस्था निर्धारण हुन सकेन । २०७० सालमा नै दुवै मिर्गौला फेर्नुपर्ने कुरा चिकित्सकले सुझाए पनि मैले मिर्गौला दिन्छु भनेर बचाउँन आर्थिक अभाव भएकै कारण अभियान नै संचालन गरि भारतको नयादिल्ली स्थिति मेदान्त अस्पतालमा थप उपचारका लागि लगेँ । त्यसबेला विरामीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकै कारण नेपालमा उपचार सम्भव नहुने देखेपछि तत्कालिन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले मन्त्रीस्तरीय बैठकबाट नै उपचारका लागि ५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

मिर्गौला प्रत्यारोपणका लागि कम्तिमा पनि २० देखि २५ लाख रुपैयाँ लाग्ने भएकाले थप पैसाका लागि नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाबाट अभियान शुरु गरि पत्रकार महासंघ केन्द्रको नेतृत्वमा ‘पत्रकार बी.के पाल्पाली बचाउँ अभियान’ संचालनमार्फत्, अन्य संघसंस्था, साहित्यिक, सामाजिक संघसंस्था, व्यक्तिगत पहलमा देश–विदेशमा बस्नुभएका नेपाली दाजु–भाई दिदी–वहिनी लगायत आम नागरिकको चासोको विषयमा रहेको उहाँको जीवन बचाउँने कार्यमा महत्वपूर्ण योगदान रहेको थियो । तथापि यसबीचमा मैले मिर्गौला दिने सम्पूर्ण तयारी गरिसक्दा अन्ततः मलाई नै मधुमेह भएपछि उहाँको मिर्गौला फेर्ने कार्यमा रोकावट आयो । कानूनी रुपमा तोकिएका आफन्त तथा नातेदार कोही पनि मिर्गौला दिन तयार नभएपछि विबश भई मेदान्त अस्पतालको महँगो उपचार चलाउँदै बचाउँदै आएँ । सम्मानीय प्रधानमन्त्री ज्यू, हजुर पनि यो रोगको भुक्तभोगी हुनुभएकाले अरु बताइरहनु नपर्ला । यस वीचमा नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा अझ विशेषगरि मिर्गौला रोगीका लागि गम्भीर भई ठूलो सुधारका कार्य गर्नु प्रशंसनीय कार्य भएको छ । यस कार्य प्रति उच्च सम्मान र प्रशंसा गर्न चहान्छु ।

बी.के पाल्पाली बचाउँ अभियानले, पैसाकै अभावमा मर्नुपर्ने नियतिको अन्त्य नेपाल सरकारले गरेर आज हजारौ मिर्गौला रोगीहरुले सहुलियतमा उपचार पाएर बाँच्न पाइरहनु भएको छ । यो उल्लेखनीय कार्य हो । नेपालमा मिर्गौला उपचारको अस्पताल स्थापना हुनु, डाडलासिस र मिर्गौला प्रत्यारोपणमा निःशुल्क व्यवस्थापन गर्नु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य हो । सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले दुई पटकसम्म मिर्गौला फेरेर देश चलाई रहनु भएको छ । यो विश्व परिवेशमैं उदाहरणीय कार्य भइरहेको छ । पहिलो प्रत्यारोपण विदेशमा गएर गर्नुभयो र दोस्रो प्रत्यारोपण नेपालमा नै गरेर नेपालमा स्वास्थ्य उपचारका लागि अव विदेश जानु पर्ने अवस्था छैन भन्ने कुराको प्रमाण पेश गर्नुभयो । यो अत्यन्तै सकारात्मक कुरा हो । साथै स्वस्थ्य उपचारका लागि लाखौ विदेशिने रकम रोकिएको छ ।

नेपालको कानूनमा नै संशोधन गरी मिर्गौला प्रत्यारोपण गर्नेका लागि सहजीकरण गरिएको छ । मिर्गौला दिने आफन्तहरुको दायरा अत्यन्तै फराकिलो बनाइएको छ । यसका साथै मष्तिकघातका विरामीवाट मिर्गौला दिनेसमेत कानून बनाइनुले नेपालमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन आएकै हो । तर पनि मिर्गौला रोगीहरु दिन प्रतिदिन थपिनु, मिर्गौला प्रत्यारोपणका लागि आफन्तहरु दिन तयार नहुनु, अंगदान सम्वन्धी कानुन प्रयाप्त हुन नसक्नुका कारण आज पनि आम जनताले बी.के पाल्पाली कै नियति भोग्न बाध्य हुनुपरेको छ । नेपाल सरकारको एउटा मिर्गौला रोगीमाथि ठूलो आर्थिक लगानी भएको छ । तर यो प्रयाप्त र समस्या समाधानको बाटोमा जान भने सकेको छैन ।

सम्माननीय प्रधानमन्त्री ज्यू, म पनि एक सचेत नागरिक तथा साहित्यकार, अनि पत्रकारका हैसियतले नेपालको मिर्गौला रोगीहरुको समस्याको अन्त्यका अभियानमा नै जुटेकी छु । नेपालमा हालसम्म ३००० हजार भन्दा वढी मिर्गौला प्रत्यारोपणको पर्खाईमा बसेका विरामीहरुले हजुरबाट ठूलो अपेक्षा गरेका छन् । राज्यका गहनाका रुपमा रहनु भएका साहित्यकार तथा पत्रकार विजय पोखरेल (बी.के पल्पाली) जोगाउनु जति आवश्यक छ, त्यति नै अरु आम जनताले बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनु पनि अपरिहार्य छ । त्यसैले आफन्त कोही नभएका कुनै अवस्थाबाट पनि मिर्गौला दिने दाता नभएकै कारण डाडलासिस गर्दागर्दै मृत्युलाई अगाल्नु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता टड्कारो भएको छ । जसलाई संक्षिप्त रुपमा यसरी गर्न सकिन्छ ।

यो अभियानमा संचारकर्मी साथीहरुको महत्वपूर्ण भूमिका रहेको छ । हिजो पनि संचारकर्मी साथीहरुको कलमको माध्यमले नै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउँन ठूलो भूमिका खेलेकै हो र आज पनि उहाँहरुको महत्वूर्ण साथ र सहयोगको अपेक्षासहित बी.के पाल्पाली जोगान आव्हान गरकी हुँ । जस अनुरुप सहयोगी मनहरुले उहाँलाई आर्थिक र औषधी उपलव्ध गराई जसोतसो जोगाउने कार्य गर्नुभएको छ । यो समस्या आम जनातालाई परेका बेला आफै मधुमेहले गलेर सबैजना नै विरामी परि ओछ्यान परिरहेको अवस्था हो । 

१. अंगदान सम्वन्धी कानून संशोधन गरी मृत्यु पर्यन्त हैन स्वेच्छाले अंग दान गर्न चहानेका लागि कानूनी बाटो खुलाउनु पर्दछ ।

२. प्रत्येक दिन सडक दुर्घटनाबाट ५ देखि १० जनाको मृत्यु भइरहेको छ । त्यस्ता व्यक्तिहरुको जल्ने अङ्गले अरु केही मानिस बाँच्ने वातावरण बन्छ भने त्यस अवस्थालाई त्यस्ता दुर्घटनाबाट निधन भएका व्यक्तिहरुको कुनै पनि प्रत्यारोपण गर्न मिल्ने अङ्गहरुलाई स्वतः अङ्गदान भएसरह गरी पोष्टमार्टमपछि सम्वन्धित अस्पतालमार्फत् रोगीको अङ्ग प्रत्यारोपण गर्न सकिन्छ । थाइल्याण्डमा भएको यो व्यवस्थालाई हाम्रो देशमा पनि लागू गर्न सकिएमा नेपालमा रहेका कैयन मिर्गौला, कलेजो आदि रोगीहरु लाभान्वित हुने पक्का छ । यसका लागि भएको कानूनको संशोधन गरी व्यवस्था गर्नुपर्दछ ।

३. मष्तिस्कघात जस्तै आत्महत्या गरेकाहरुको पनि मिर्गौला लिनसक्ने प्रावधान बनाउँन सकिन्छ ।

यसरी हामीले खोजि गरेर यी कार्य गर्न सक्यौं भने त्यत्तिकै जलेर जाने एउटा स्वस्थ मिर्गौलाले अर्को मानिसले पूनर्जन्म पाउँन सक्छ । यसो गर्न सकेमा नेपालमा मिर्गौलादेखि अन्य ठूला रोगका विरामीको समस्या पूर्णरुपमा समाधान हुने थियो ।

सम्माननीय प्रधानमन्त्री ज्यू, एउटा मिर्गौला रोगी विरामी परिवारमा भयो भने कस्तो अवस्था हुन्छ भन्ने कुरा मैले यहाँलाई भनिरहनु पर्दैन तरपनि मेरो प्रशंगमा भने फरक भोगिरहेकी छु । उहाँ विरामी भएकै कारण तनावले मलाई २०७० साल चैत्रमा नै मधुमेह भयो । अनि छोरी यही कारण डिप्रेसनको शिकार भइन् । राज्यले वी.के पाल्पालीलाई जोगाई रहँदा त्यही घरमा अर्को सम्भावित मिर्गौला रोगीको जन्म हुन्छ भने अव यसलाई अन्त्यतिर लैजानु जरुरी छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अव बी.के पाल्पालीको वर्तमान स्वस्थ्य अवस्थाको बारेमा जानकारी गराउँने अनुमति चाहन्छु । २०७० साल साउनको १२ गते नेपालबोर्डर साप्ताहिकको आफ्नै अफिस बागवजारमा काम गर्दागर्दे एक्कासी दुवै मिर्गौला फेल भएपछि आजसम्म जसोतसो उहाँलाई जोगाउने कार्य भइरहेको छ । वर्तमान विश्व कोरोना कहरमा हामीलाई दोब्वर पीडा लिएर आयो । नेपालमा निरन्तर लकडाउनका कारण उहाँको औषधी उपचारमा कठिनाई भई स्वास्थ्यमा गम्भिरता आएपछि, मैले सामाजिक संजाल र मिडियामार्फत् उहाँलाई पुनः बचाउँन अपिल गरे । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अभियान नै संचालन गरेको वर्तमान अवस्था हो । अहिले पनि विभिन्न संघसंस्था सामाजिक सन्जालमार्फत अभियान चलाई उहाँको जीवन रक्षार्थ लागिरहनुभएकै छ ।

यो अभियानमा संचारकर्मी साथीहरुको महत्वपूर्ण भूमिका रहेको छ । हिजो पनि संचारकर्मी साथीहरुको कलमको माध्यमले नै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउँन ठूलो भूमिका खेलेकै हो र आज पनि उहाँहरुको महत्वूर्ण साथ र सहयोगको अपेक्षासहित बी.के पाल्पाली जोगान आव्हान गरकी हुँ । जस अनुरुप सहयोगी मनहरुले उहाँलाई आर्थिक र औषधी उपलव्ध गराई जसोतसो जोगाउने कार्य गर्नुभएको छ । यो समस्या आम जनातालाई परेका बेला आफै मधुमेहले गलेर सबैजना नै विरामी परि ओछ्यान परिरहेको अवस्था हो । उहाँको उपचारलाई मिर्गौला प्रत्यारोपण कार्यमा कठिनाई वा मिर्गौला दिने दाता नभएकाले सार्वजनिक रुपमा आव्हान गरँे । जस अनुरुप बी.के पाल्पालीलाई मिर्गौैला दिने दाता पनि आउनु भयो । स्वेच्छाले मिर्गौला दिन आउँदा पनि उहाँलाई मिर्गौला दिएर बचाउँन कानूनी अड्चन भएकाले यथाशिघ्र कानूनी अड्चन फुकाई उहाँ र उहाँजस्तै तीनहजारबढी मिर्गौला रोगीको जीवन रक्षाका लागि हार्दिक अनुरोध गर्दछु ।

सम्माननीय प्रधानमन्त्री ज्यू,को कार्यकुशलताको उच्च सम्मान र्र्गै सुस्वास्थ्य, दीर्धायूको कामना गर्दछु ।

निवेदक

रेणुका भट्टराई
(बी.के पाल्पाली पत्नी)
फोन सम्पर्क ९८४११८७०७५


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ