back
CTIZAN AD

लकडाउनमा ‘छैनौ तिमी’को साथमा आइन मेलिना (भिडियो सहित)

वि.सं.२०७७ असार १९ शुक्रवार

663 

shares

एउटि आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पिडा । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।

सरिता सारु मगर ‘डाँगी’ को वास्तविक जिन्दगीमा आधारित छैनौ ‘तिमी गीत’को मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिताले आफ्नो छोरा धिरजलाई गुमाए पछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको बताईएको छ। गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडा लाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मनछुने शब्द सरिता सारु मगरले लेखेकी हुन् । गीतमा संगीत नविन कार्कीको रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका हुन् ।

म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे , सौरभ राई ,युनिक राईको जिवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो।

 

वि.सं.२०७७ असार १९ शुक्रवार १२:१७ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...