Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

लकडाउनमा ‘छैनौ तिमी’को साथमा आइन मेलिना (भिडियो सहित)



एउटि आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पिडा । सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।

सरिता सारु मगर ‘डाँगी’ को वास्तविक जिन्दगीमा आधारित छैनौ ‘तिमी गीत’को मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिताले आफ्नो छोरा धिरजलाई गुमाए पछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको बताईएको छ। गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडा लाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।

यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मनछुने शब्द सरिता सारु मगरले लेखेकी हुन् । गीतमा संगीत नविन कार्कीको रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका हुन् ।

म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे , सौरभ राई ,युनिक राईको जिवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा